ताजा अपडेट

सधै सफल दिपशिखा मावि

          |   242 Views   |   Published Date : 12th July 2018 |

hh रीता लामा दाङ,२८ असार ।  कुनै समय थियो । जहाँ अभिभावकहरु आफना सन्तानलाई दिपशिखा माविमा आफना सन्तानलाई अगेजी माध्यमबाट पढाउन चाहान्थे । कारण त्यहाँको अब्बल र उत्कृष्ट पठन पाठन । अहिले पनि दिपशिखा माविको अध्ययन अध्यापन उत्कृष्ट नै छ तर पछिल्लो समय अन्य विद्यालयसँग प्रतिशपर्धा गर्न कम्मर कस्नु परेको छ ।

तर पनि दिपशिखाले आफनो पुरानो साखलाई निरन्तरता दिइरहेको छ । अझ आफनो विद्यालयमा अध्ययन गर्न आउने बालबालिकालाई अध्ययनको नयाँ बाटो समेत सिकाइरहेको छ । पछिल्लो समय अरु विद्यालयहरु प्रतिशपर्धामा आउन खोजे पनि अध्ययन अध्यापनमा दिपशिखा माविले सधै उत्कृष्ट नतिजा ल्याउनको लागि सधै प्रयासरत रहेको बताउछन विद्यालयका पाचार्य शोभाकान्त अधिकारी । ‘पछिल्लो समय प्रतिशपर्धा धेरै छ तर हामीले आफुलाई अब्बल बनाउने प्रयास मै छौ ।’ उनले भने ‘शिक्षण सिकाइलाई विद्यार्थी केन्द्रित, प्रयोगात्मक र प्रविधि युक्त बनाइरहेका छौ ।’


गत बर्ष पनि दिपशिखा मावि मध्यपश्चिम मै पहिलो भएको थियो । विद्यालय निरन्तर सफल हुनुमा विद्यालयमा अध्ययन, अध्यापन गर्ने शिक्षक विद्यार्थी विचको टिम ओर्क, शिक्षकहरुको मेहेनत लगनशिलता एवम अभिभावकको विश्वास भएको पाचार्य अधिकारीको बुझाई छ । दाङ जिल्ला मै निजि विद्यालयहरु मध्य सबै भन्दा धेरै भौतिक सुविधा र खेल मैदान, पुस्तकालय सहितको विद्यालय भएको र शिक्षकहरु पनि जिल्लामा नाम चलेका र अब्बलहरुलाई छनोट गरेर राखेको उनले बताए ।
त्यस्तै निश्चित समयमा अभिभावक एवम सरोकारवाला निकायहरुसँग निरन्तर छलफल र अन्र्तक्रियाको कार्यलाई आफुहरुले प्राथमिकतामा राखेको विद्यालयको भनाई छ । ‘हामीसँग मेहनति र उर्जाशिल शिक्षक छन ।’ उनले भने ‘उनीहरुले नै विद्यालयको नजिता उत्कृष्ट ल्याउन सहयोग गरिरहका छन ।’ विद्यार्थीको रुचि चाहाना अनुरुप, धेरै भन्दा धेरै सामाग्रीको प्रयोग गरेर अध्ययन अध्यापन गराई रहकोे विद्यालयको दावि छ ।
२०४९ सालमा स्थापना भएको दिपशिखा माविले २०५६ सालबाटै दश जोड दुइको कक्षा सुरु गरेको थियो । स्थापना कालमा मानविकि र व्यवस्थापन पढाई भए पनि अहिले मानविकिलाई हटाइसकेको छ । २०६४ सालबाट विज्ञान संकाय पनि सुरु गरे पछि अहिले विद्यालयमा व्यवस्थापन र विज्ञान संकायको पढाइ भैरहेको छ । २०६७ सालबाट विविएस पनि सुरु गरेको विद्यालयले यस बर्ष देखि कक्षा ११मा होटेल म्यानेजमेन्टको कक्षा पनि सुरु गर्न थालेका विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य अधिकारीका अनुसार विद्यालयले होटल म्यानेजमेन्ट विषयलाई जिल्ला मै पहिलो पटक आफुहरुले संचालन गर्न लागेको दावि गरे ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१