ताजा अपडेट

शिक्षा सुधारका लागि अभिभावकलाई सम्मान

          |   81 Views   |   Published Date : 12th July 2018 |

37017939_1828921170480145_4167258547987415040_n दाङ, असार । तुलसीपुर उपमहानगरपालिकाले शिक्षा सुधारका लागि अभिभावकलाई सम्मान गरेको छ । घरमा वालवालिकाहरुलाई पढ्ने वातावरण राम्रो वनाउनुका साथै वालमैत्री व्यवहार गर्ने ९० जना अभिभावकलाई नगद सहित तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सम्मान गरेका हुन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावक दुवैको गुणस्तर वृद्धि अनिवार्य शर्त भएको वताए । शिक्षकले जागिरका लागि मात्र भन्दा पनि शिक्षाको गुणस्तर वृद्धिका लागि काम गर्नुपर्ने भन्दै अभिभावकले पनि घरमा वालवालिकाहरुलाई शैक्षिक वातावरणको सृजना गर्नुपर्ने कुरामा जोड दिए । सिकाइमा सृजनशिलता आवश्यक रहेको भन्दै परम्परागत शिक्षण पद्धतिबाट गुणस्तरिय शिक्षा सम्भव नभएको उनको कथन थियो । वालवालिकाका सामु अभिभावकले सृजनशिल कुरा गर्नुपर्नेमा जोड दिदै पाण्डेले शिक्षकहरुले खाली समयमा देश र नेतालाई गाली गरेका गफ चुटेर वस्नुभन्दा पनि सृजनशिल कुरा गर्नुपर्ने वताए ।


वालवालिकालाई राम्रो व्यवहार गर्ने करिव ४ हजार अभिभावकबाट ९० जनालाई छनोट गरिएको उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विकले वताए । उनले विद्यार्थीहरुलाई फाराम भर्न लगाएर प्रतिष्पर्धाका आधारमा छनोट गरेको समेत वताए । शिक्षा शाखा प्रमुख भाष्कर गौतमले गुणस्तरिय शिक्षाका लागि अभिभावकको भुमिका अहम् हुने वताउँदै वालवालिकाहरुलाई घरमा असल वातावरण दिनुपर्ने वताए । सम्मानित अभिभावकले पुरस्कार र सम्मानले आफुहरुलाई उत्प्रेरित गरेको भन्दै वालवालिका प्रति थप सजग हुने वताएका थिए ।
शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा भएको कार्यक्रममा स्रोत व्यक्ति मुकुन्द रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक हल्लुप्रसाद चौधरीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति विष्णु केसीले गरेकी थिइन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१