ताजा अपडेट

फोरलेन सडक विस्तारमा लापरवार्ही, हिलाम्य सडक

          |   164 Views   |   Published Date : 12th July 2018 |

37067170_943558149162590_746525080514723840_n दाङ,२८ असार । विकास निर्माणमा सरकारी कार्यालयहरुका विचमा समन्वय नहुदा घोराही तुलसीपुर सडक खण्डको तुलसीपुर चोकदेखि डिके पेट्रोल पम्मसम्मको फोरलेन सडक विस्तार लापरवार्ही देखिएको छ । जसका कारण सर्वसाधरणदेखि सवारीसाधनहरु हिलाम्य सडकमा हिड्नुपर्ने बाध्यता रहेको छ ।


सडक विस्तारका लागि राज्यले समयमा बजेट नदिदा सडक विस्तारमा समस्या भएको निर्माण व्यवसायीले बताउदै आएको छ । तर सडक विस्तारमा निर्माण पक्षको लापरवाही देखिन्छ । समयमका काम नगर्ने तर आर्थिक बर्ष सकिन लाग्दै गर्दा सडक खन्दीएपछि अहिले सडकमा हिड्नै समस्या भएको स्थानीयको गुनासो छ । सुरुमा काम नगर्ने तर आर्थिक बर्षको अन्तीमतिर काम गर्ने ठेकेदारको प्रवृतिका कारण बर्सेनी घोराहीमै जनताले सास्ती बेहोर्नु परेको छ ।


तर सडक निर्माणको जिम्मा पाएको लुम्वीनी जलजला जेभी निर्माण सेवाले भने सरकारी कार्यालयकै कारण सडक विस्तारमा समस्या भएको बताउदै आएको छ । सडक विस्तारको काम गरिरहेको लुम्वीनी जलजला जेभी निर्माणका प्रतिनिधि केबी ओलीले राज्यकै कारण सडक विस्तारमा समस्या भएको बताउछन । सडक निर्माणको लागि आफुले निर्माण सामाग्री रेडी अवस्थामा रहेपनि सरकारी निकायका विचमा तालमेल भएर विद्युत र टेलिकम कार्यालयले पोल र खानेपानीले पाईप समयमै नहटाउदा सडक विस्तार हुन नसकेको बताए । ‘ सडक विस्तारको लागि हामीसँग ग्राभेलिङ सामाग्रीलगाएतका सडक पिचका लागि आवश्यक सम्पुर्ण सामाग्रीहरु रेडी रुपमा स्टक राखेका छौ’,प्रतिनिधि ओलीले भने,‘पोल र खानेपानीको पाईप हटाईदिए हामीले सडक विस्तारको कामलाई अघि बढाउछौ ।’
घोराहीको डागीभवनदेखि डिके पेट्रोलपम्म सम्मको करिव साडे तीन सय मिटर आर्थिक २०७३ ÷०७४ सम्झौता भएपनि अहिलेसम्म सडक विस्तारले पूर्णता पाउन सकेको छैन ।
यता सडक डिभिजन कार्यालयले भने सडक विस्तारमा समस्या देखिएका विद्युत तथा टेलिकमका पोलहरु हटाउन समवन्धीत निकायलाई आग्रह गरिएको बताएको छ । सडक निर्माणमा निर्माण पक्षसँगै विद्युत, टेलिकम र खानेपानीका पाइप सम्वन्धीत निकायले हटाउन ध्यान नदिदा सडक निर्माणमा समस्या देखिएको सडक डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी दुर्गा गौतमले बताए ।

‘निर्माण कम्पनीले सडक विस्तारका काम गर्दै गर्दा बर्षात भएकाले पनि सडक विस्तारमा समस्या उत्पन्न भएको हो’,सूचना अधिकारी गौतमले भने,‘विद्युत कार्यालय,टेलिकम कार्यालयलाई पोल हटाउन हिजो फेरी निर्देशन दिएका छौँ ।’ पोलहरु हटाए निर्माण पक्षलाई काम गर्न सहज हुने र ग्राभेल हाल्ने काम मात्र भैईदिएपनि सवारीसाधन तथा सर्वसाधारण जनताहरुलाई हिडडुल गर्न सहज हुने गौतमको भनाई छ ।
सडक विस्तारमा विद्युतले अवरोध गरेको छैन : यादव
तर सडक विस्तारमा विद्युतका पोलहरुले अवरोध नगरेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मदुसुदन यादवले बताए । ‘सडक विस्तारमा विद्युतका पोलहरुले अवरोध गरेका छन, सडक डिभिजन कार्यालयले हटाईदिनुप¥यो भनेपछि कार्यालयले विद्युत पोलहरु सारिसकेको छ’, कार्यालय प्रमुख यादवले भने,‘त्यसैले अहिले सडक विस्तारमा विद्युत पोलको समस्या छैन ।’टेलिकमले तार र पोल नहटाउदा विद्युतका २ ÷४ वटा पोलहरु भने सडकमा रहेको भन्दै उनले ती पोलहरु पनि १;्÷२ दिनमै हटाईदिने बताए । त्यसका लागि सडक डिभिजन कार्यालयले आफुहरुलाई आग्रह गर्नुपर्ने कार्यालय प्रमुख यादवले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१