ताजा अपडेट

इन्ट्रयाक्ट क्लब गठन

          |   64 Views   |   Published Date : 12th July 2018 |

दाङ, असार । रोटरी क्लब अफ तुलसीपुर सीटीले आईडिएल इंगलिश सेकेन्डरी स्कुल तुलसीपुरमा रिया धितालको अध्यक्षतामा १५ सदस्यीय इन्ट्रयाक्ट क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा समिक्षा धिताल, सचिवमा एलिश वली, कोषाध्यक्षमा उमा केसी र सहसचिवमा सुबी केसी चयन भएका छन । कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता एवं आईडिएल इंगलिश सेकेन्डरी स्कुलका प्राचार्य रेघु केसीको प्रमुख आतिथ्यतामा भएको थियो । क्लबका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा श्रेष्ठले इन्ट्रयाक्ट क्लबको बारेमा जानकारी गरएका थिए ।

भने पूर्व अध्यक्ष बिमल रिजालले सामाजिक काममा हातेमालो गर्न उमेरले नछेक्ने भन्दै पढाईको साथसाथै रोटरीले गर्ने हरेक गतिबिधीमा प्रतिवद्ध भएर लाग्न नबगठित इन्ट्रयाक्ट कार्यसमितीलाई सुझाव दिएका थिए । प्रमुख अतिथी केसीले नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै सामाजिक कार्यमा स्कुलले सधै साथ दिनेछ भन्दै सक्रिय भएर लाग्न आग्रह गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१