ताजा अपडेट

२९औ जनसंख्या दिवस मनाइयो

          |   76 Views   |   Published Date : 11th July 2018 |

37019265_1827499317288997_6249552903195852800_n घोराही, २७ असार । मानव सशक्तिकरण र समृद्धि, राष्टको लागि परिवार नियोजन भन्ने मुल नाराका साथ घोराही उपमहानगरपालिकाले २९ औ विश्व जनसंख्या दिवस बुधवार एक औपचारीक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

उक्त जनसंख्या दिवसको कार्यक्रममा उपमहानगरले परिवार नियोजन सेवामा सार्वजनिक र निजिको, साझेदारी विषयक अन्र्तक्रिया कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनीधि, निजि एवम सरकारी स्वास्थ्य संस्थाका व्यक्तिहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जनसंख्यालाई सन्तुलत गर्दै मानव विकासमा जोड दिनु नै परिवार नियोजन भएको बताए । पछिल्लो समय गर्भपतनलाई नै परिवार नियोजन जस्तो गरि गर्भपतनका घटना अध्यधिक बढनु गलत भएको भन्दै यसलाई रोक्नको लागि परिवार नियोजनको अस्थायी साधन नियमित प्रयोग गर्न सबै नगरवासीलाई आग्रह समेत गरे । परिवार नियोजनको अर्थ आमा र बच्चाको स्वास्थ्य सुधार ल्याउने कार्यक्रम पनि भएको हुदाँ निजि संस्थाहरुलाई पनि परिवार नियोजन र जनसंख्या व्यवस्थापनको काममा हातेमाले गर्न आग्रह गरे । परिवार नियोजनलाई सफल पार्ने कार्य देशको समृद्धिसँग जोडिएको हुदाँ नीजि एवम सरकारी क्षेत्रलाई यस कार्यमा उत्साहका साथ लाग्न अनुरोध गरेका थिए ।
कार्यक्रममा जनसख्या विषयका उपप्राध्यापक सुर्दशन रिजालले परिवार नियोजन एक मानव अधिकार विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन महाशाखाका फोकल पर्सन किशोर आचार्यले जनसंख्या र विकासको विषयमा आफनो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा केही नीजि स्वास्थ्य संस्थाका व्यक्तिहरुले परिवार नियोजनको कार्यक्रम आफुहरुलाई पनि सर्वसुलभ रुपमा गर्न दिन, परिवार नियोजन साधन प्रयोगको तथ्याङक संकलनको काममा पनि विश्वास गर्न आग्रह गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर खनालले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१