ताजा अपडेट

राप्ती ईन्जिनिएरिङ कलेजमा एक करोड तीस लाखको छात्रबृत्ति

          |   141 Views   |   Published Date : 11th July 2018 |

rapti.jpg-Dang-878x300 दाङ, असार २७ । एघार वर्ष देखि दाङबाट प्राविधिक शिक्षा प्रदान गर्दै आईरहेको राप्ती ईन्जिनिएरिङ कलेजले एक शैक्षिक सत्रमा एक करोड बढिको छात्रबृत्ति प्रदान गर्दै आएको छ । कलेजले घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गर्दै विगतमा जस्तै शैक्षिक सत्र २०७५÷७६ मा एक करोड तीस लाख रुपैया बराबरको छात्रबृत्ति प्रदान गर्ने भएको हो ।

२०६४ सालमा स्थापना भएको कलेजले पोखरा विश्वविद्यालय र सिटिईभिटीबाट सम्बन्धन प्राप्त गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पोखरा विश्वविद्यालय अन्र्तगत चार वर्षे विसिए, विई सिभिल र विई ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन गरी ३ वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जस्मा प्रत्येक कार्यक्रमका लागि ४८ ÷४८ जना विद्यार्थी भर्ना क्षमता रहेको र ५÷५ जना विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गरीएको कलेजको प्रिन्सीपल रेमश गिरीले जानकारी दिनुभयो ।

यस्तै सिटिईभिटिई अन्र्तगत डिप्लोमा ईन कम्प्युटर ईन्जिनिएरिङ, अमिन, सिभिल सव– ओभरसिएर र ईलेक्ट्रीकल सव–ओभरसिएर कार्यक्रम सञ्चालन भैरहेको छ । त्यसमा पनि ४ देखि ५ जना विद्यार्थीहरुको लागि छात्रबृत्ति तय गरिएको छ ।

एक विगाहा जग्गामा आफ्नै पक्की भवनहरु सहित आबस्यक पुर्वाधारहरु निर्माण गरी शिक्षा प्रदान गर्दै आएको कलेजमा अहिले ३ सय ७७ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । ९० प्रतिशत भन्दा बढि विद्यार्थीहरु रोजगार रहेको बताउँदै कलेजले आफ्ना विद्यार्थीहरुले अन्र्तराष्ट्रि बजारमा सहज रुपमा काम गर्न सजिलो भएको र देशमै उत्कृष्ट नजितामा पनि ल्याउन सफल भएको बताएको छ ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालय र सिटिईभिटि अन्र्तगत विभिन्न कार्यक्रमहरु सम्बन्धनको प्रक्रियामा रहेको कलेजले बताएको छ । कार्यक्रमको सहजीकरण कलेजका प्रबन्ध निर्देशक मधुसुदन बैद्यले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१