ताजा अपडेट

सिपलाई व्यवहारमा उर्तान आगह

          |   90 Views   |   Published Date : 10th July 2018 |

घोराही, असार । गाउँपालिकाले गरेको लगानि तथा दिएको सिपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पलम्विङ तथा हाउस वाईरिङ तालिममा सहभागीहरुलाई आग्रह गरेका छन ।


राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालीत ३० दिने पलम्विङ तथा हाउस वाईरिङ तालिमको एक कार्यक्रम बीच आईतवार मसुरीयामा समापन कार्यक्रममा बोल्दै अध्यक्ष नुमानन्द सुवेदीले आग्रह गरे । राप्ती गाउँपालिका सामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालको विशिष्ठ आथित्यतामा आयोजित पलम्विङ तथा हाउस वाईरिङ तालिम समापन कार्यक्रममा राप्ती गाउँपालिकाकासबै वडावाट प्रतिनिधित्व गर्ने ३० जना प्रशिक्षार्थिहरुलाई तालिम अनुसारको सहायक सामाग्री समेत प्रदान गरिएको छ ।


कार्यक्रममा प्रमुख अतिथि नुमानन्द सुवेदीले गाउँपालिकाले नागरिकहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार विभिन्न तालिमको आयोजना गरिएको र यस पलम्विङ तथा हाउस वाईरिङ तालिमले ३० युवाहरुलाई स्वरोजगार बन्ने बाटो तर्फ उन्मुख गराएको हुदा आगामी दिनमा पुनः थप तालीमको समेत गाउँपालिकाले आयोजना गर्ने बताए ।
कार्यक्रममासामाजिक विकास समितिका संयोजक विद्याशरण चौधरी उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले सहभागीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए । तालिममा सहभागी मध्यका वडा न. ९ देविकोटका गोविन्द रोका तथा वडा न. २ का माधव पौडेलले गाउँपालिकाले दिएको तालिमको सहि सदुपयोग गर्दै आफ्नो जीवन स्तर सुधार्न तालिमले सहयोग गर्नेे जानकारी दिएका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१