ताजा अपडेट

सल्यान कपुरकोटको बजेट पारित, दिगो विकासमा जोड

          |   92 Views   |   Published Date : 10th July 2018 |

36843221_1826131197425809_7952159947435802624_n सल्यान, २६ असार । कपुरकोट गाउँपालिका सल्यानको आर्थिक वर्ष २०७५÷७६ को बजेट तथा नीती कार्यक्रम पारित भएको छ । बजेटले जनताको आधारभुत आवश्यकतालाई सम्बोधन गर्दै दिगो विकासलाइ जोड दिएको भनेर दाबी गरिएको छ । उपप्रमुख तिला बुढा मगरले गत असार १० गते प्रस्तुत गरेको नीती, कार्यक्रम र बजेट गाउँसभाले सोमबार सर्वसहमत रुपमा पारित गरेको हो ।


सामाजिक विकास तर्फ खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुद लगाएतका क्षेत्रलाइ प्राथमिकतामा राखेर विभिन्न योजनाका लागी २ करोड ५० लाख ५५ हजार रुपैयाँ पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारि दिए । यस्तै संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड ९६ लाख २० हजार, गाउँपालिकाको भवन निर्माण, विभिन्न सडक निर्माण, विद्युत विस्तारका लागी पूर्वाधार विकास शिर्षकमा ५ करोड ५८ लाख ४० हजार रुपैयाँ गाउँसभाले पारित गरेको रिजालले बताए । गाउसभाले वित्तीय व्यवस्थापन र सुशासनका लागी ८५ लाख, आर्थीक विकास तर्फ ८६ लाख १५ हजार र वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४४ लाख ३५ हजार रुपैँयाको बजेट पारित गरेको छ ।


कपुरकोटको गाउँसभाले जग्गा प्लटिङलाइ व्यवस्थीत गर्ने, एकिकृत सम्पत्ती कर मुल्यांकन प्रक्रिया अगाडी बढाउने, करार कर्मचारिहरुको करारनामा थप गर्ने, वडा कार्यालयहरुको भवन निर्माण तथा विभिन्न ठूला योजनाहरु सञ्चालनका लागी केन्द्र र पदेश सरकार समक्ष माग गर्ने लगाएतका विभिन्न १३ वटा नितीगत निर्णयहरु पारित गरेको सूचना अधिकारी जीवराज खत्रीले जानकारि दिएका छन् ।
बजेट तथा कार्यक्रमका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले यसपालीको बजेट वितरणमुखी नभएको बताउँदै आगामी दिनमा टुक्रे योजनाहरु नल्याउन वडा अध्यक्ष तथा सदस्यहरुलाइ अनुरोध गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१