ताजा अपडेट

ड्रेसमा पनि ‘सिन्डिकेट’ , कमिसनको खेल…

          |   515 Views   |   Published Date : 10th July 2018 |

slide01 रीता लामा घोराही, असार । घोराहीका केही नाम चलेका विद्यालय तथा कपडा पसलेहरुले विद्यार्थीहरुलाई ड्रेसमा सिन्डिकेट लगाएको खुल्न आएको छ । घोराही बजारका केही ठुला व्यवसायी र विद्यालयका सिमित व्यक्तिको मिलोमतोमा सिलाईको काममा सिन्डिकेट लगाएको सिलाई व्यवसायीहरुले बताएका छन ।

कपडा तथा सिलाई व्यवसायी समितीले आइतवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि सिमिती व्यक्तिहरु कमिसनको खेलमा लाग्दा आफुहरुको रोजिरोटी नै खोसिएको लागेको गुनासो गरेका छन । पत्रकारहरुसँग कुरा गर्दै सिलाई व्यवसायी समिती दाङका अध्यक्ष रिक्लेस गिरीले जिल्लाका केही नाम चलेका प्लस टु र कपडा व्यवसायीहरु मिलेर विद्यार्थीको ड्रेस सिलाउने काममा कमिसनको खेल खेलेको बताए । जसले गर्दा आफुहरुको व्यवसायी नै धरापमा परे पछि बाध्य भएर आवाज उठाउनुपरेको बताए । ती विद्यालयले कपडा व्यवसायी र केही सिलाई व्यवसायीसँग मिलेर विद्यार्थीलाई कमसल खालका कपडा महंगोमा वेच्ने गरेको उनको आरोप समेत लगाए ।

जिल्ला भर करिब साढे तीन सयको सख्यामा सिलाई पसल संचालनमा आए पनि कलेज तथा बिद्यालयहरुले रोजेको पसलबाट मात्र बिद्यार्थीलाई ड्रेस किन्न र सिलाउँन बाध्य बनाएको उनी बताउछन । कलेजले रोजेको भन्दा बाहिर गई विद्यार्थीले ड्रेस सिलाउँन नपाउँने वातावरण सृजना भए पछि अहिले बजार क्षेत्रमा सिलाई व्यवसायी गर्नेहरु र विद्यार्थीहरु दुवै मारमा परेको उनको दावि छ ।
यस्तै कपडा तथा सिलाई व्यवसायी समतिका पुर्व अध्यक्ष चुर्णबहादुर नेपालीले विद्यालयकै व्यक्तिहरुले सिलाई व्यवसायी र कपडा व्यवसायीसँग बीचमा कमिसन खाने गरेको बताए । साथै कमिसनको खेलमा विद्यार्थीलाई कमसल खालको कपडा दिने गरेको उनको भनाई छ । ‘विचौलियाहरुको पयोग गरेर विद्यार्थीलाई बाध्यतामा गुस्तरहिन कपडा सिलाई रहेका छन ।’ उनले भने ‘विद्यार्थीले विचौलियाले भनेको स्थान भन्दा फरक ठाउँबाट कपडा सिलाए भने त्यसलाई विद्यालयले नै मान्यता दिएको छैन ।’ अहिले अधिकास सरकारी एव नीजि विद्यालय देखि प्लस टु सम्मका जिम्मेवार व्यक्तिले विद्यालयको लोगो डेसमा लगाउने नाममा मनपरि गरिरहेको बताए ।
विद्यार्थी भर्ना गर्दा कलेजले नै सिलाई पसलको भिजिटिङ कार्ड सहित विद्यार्थी पढाउँने गरेको भन्दै पछिल्लो समय यो निकै समस्याका रुपमा देखा परेको कपडा तथा सिलाई व्यवसाइको दुखेसो छ । कलेजहरुले विद्यार्थीको ड्रेसमा सिन्डिकेट लगाएसंगै कलेज र सिलाई पसलका बीचमा पनि ठुलो आर्थिक चलखेल हुदै आएको हुदा यसलाई तुरुन्त समाधान गर्न उनीहरुले पसाशनसँग माग समेत गरेका छन ।
कपडा तथा सिलाई व्यवसायी समिति दाङका सचिव पदम परियारले ड्रेस बाफत विद्यार्थीबाट आउँने कमिशनका कतिपय कलेजका प्रिन्सिपल र लेखा अधिकृतसम्म पुग्ने गरेको बताए । यसले गर्दा अभिभावकाहरुको ढाड नै सेकिने गरेको र विचौलियाको कारण साना व्यावसायी मर्कामा परेको सचिव परियार बताउछन । कलेजले विद्यार्थीलाई सिन्डिकेट लगाउँदा कतिपय व्यावसायीहरुल व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । कतिपय कलेजहरुले विद्यार्थीसंग पाँच सय देखि १० हजार रुपैयाँसम्म कमिशन लिने गरेको उनीहरुको भनाई छ ।

नेपाल कपडा तथा सिलाई व्यावसायी घोराही नगर कमिटीले कलेजले लगाएको सिन्डिकेटको बिरोध गरेको छ । पत्रकार सम्मेलनमा आइपुगेका विद्यार्थी नेता ऋषि पोखरेलले विद्यार्थीहरुलाई ठगिरहेको व्यवसायी र विद्यालयको विरुद्धमा आफुहरुले कुरा उठाउने बताए । विद्यार्थीको डेसमा पनि सिन्डिकेट लगाउन थालेको भन्दै उनले आपत्ति समेत जनाए । दाङमा संचालित केही कलेजहरुले बिद्यार्थीको ड्रेसमा पनि सिन्डिकेट लगानु गलत भएको उनको भनाई छ । प्लस टु को नयाँ भर्ना खुलेसंगै जिल्लामा संचालित कलेज र सिलाई पसलको मिलोमहतोमा विद्यार्थीको डेस माथि लगाइएको सिन्डिकेट आफुहरुले तोडने बताए ।
पत्रकारहरुसँग कुरा गर्दै सिलाई व्यवसायी समितीले पसासनले छिटटै यस समस्यालाई समाधान नगरे आफुहरु सोमवारबाटै आन्दोलनमा उत्रिने बताए । आन्दोलन स्वरुप सबै व्यवसायीले सिलाईको काम बन्द गर्ने पनि बताए ।
यसैबीच कपडा तथा सिलाई व्यवसायी समितिले एक विज्ञप्ती जारी गर्दै विद्यार्थी माथी गरिएको सिन्डिकेत तत्काल हटाउँन माग गरेको छ । विद्यार्थीको ड्रेसमा नै आर्थिक चलखेल गरी बिचौलीयाले फाईदा लिएको भन्दै सो कार्य बन्द गर्न माग समेत गरेको छ । नेपाल कपडा तथा सिलाई व्यावसायी समिति घोराही उपमहानगरपालिकाका अध्यक्ष निखिलेश गिरीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा यस्तो भनिएको छ ।

उक्त कार्यले विद्यार्थी र अभिभावकमा संगसंगै सिलाई व्यावसायी समेत मर्कामा परेको भन्दै सो कार्यबन्द गर्न समेत तत्काल माग गरेको छ । व्यावसायीको कुरालाई व्यवास्था गरे त्यसको प्रतिबाद गरी आन्दोलनमा उत्रने विज्ञप्तीमा भनिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१