ताजा अपडेट

जमराको जुस लाभदायक : लामिछाने

          |   1441 Views   |   Published Date : 10th July 2018 |

36904407_941460026039069_599759030033842176_n घोराही, २६ असार । घोराही उपमहानगर पालिका १० कि बालिका लामिछाने कुनै समय व्युटिसियन थिइन । तर समयले अहिले उनलाई जमरा व्यवसायी बनाएको छ । नारायणपुरमा व्युटिपार्लर चलाउदै गर्दा उनले एक दिन युटुवको एउटा भिडियो मार्फत जमराको जुसको महत्व बुझिन ।

सोही भिडियोमा जमरालाई व्यवसायीक बनाउने सिता अर्गानिक प्रालिको बारेमा पनि बुझिन र काठमान्डौ गइन । काठमान्डौ पुग्दा जमरा खेति बारे तालिम हुदै रैछ । उनले एक साताको तालिम पनि लिइन र दाङमा त्यसलाई व्यवसायीक बनाउने अनुमति पनि मागिन । उनले विगत एक महिना देखि घोराही उपमहानगरपालिका १५ मा व्यवसायीक जमारा खेति गरिरहेकी छन । उनको घरमा अहिले दैनिक ४० जना व्यक्तिहरु जमराको जुस पिउन आइपुग्छन ।

36974480_941459326039139_3048271249273782272_n

विहान खालि पेट खादा सबै किसिमका रोग निको हुने विश्वासका साथ, सुगर, व्लड प्रेसर, क्यान्सर, थाइराइड, अल्सरका विरामीहरु दैनिक जुस पिउन आउने गरेको सीता अर्गानिक प्रा.लि दाङ शाखाकी बालिका लामिछानेले बताइन । अहिले उनले दैनिक आउने ग्राहकलाई प्रति गिलास एक सय २५मा विक्रि गरिरहेकी छन । विभिन्न अध्ययन एवम अनुसन्धानबाट पनि जमराको जुस लाभदायक भएको चिकित्सकहरुले बताउदै आइरहेका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१