ताजा अपडेट

घोराही बजारका पसलको अनुगमन

          |   522 Views   |   Published Date : 10th July 2018 |

36854812_941459472705791_801353580748472320_n घोराही, २६ असार । घोराही उपमहानगरपालिकाले गत आर्थिक बर्षमा १९ करोड आन्तरिक स्रोत मार्फत राजश्व उठाउने लक्ष्य लिएको थियो । तर, आर्थिक बर्षको अन्तसम्म आइपुग्दा उपमहानगरले ९ करोड मात्र राजश्व संकलन गर्न सक्यो । अर्थात लक्ष्यको आधा पनि राजश्व संकलन हुन सकेन । आउदो आर्थिक बर्ष २०७५।७६ को बजेटमा पनि उपमहानगरले १९ करोड नै आन्तरिक तर्फबाट राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।


तर, उक्त रकम उठनेमा सबै तर्फबाट आसंका व्यक्त भैरहको समयमा उपमहानगरले राजश्वको दायरा बढाउन उपमहानरका बजार क्षेत्रमा अनुगमन थालेको छ । उपमहानरले सोचे जति राजश्व संकलन हुन नसके पछि राजश्व बढाउन कै लागि भए पनि बजार क्षेत्रमा संचालित विभिन्न प्रकारका पसलहरुलाई दर्ता पक्रियामा ल्याउन र करको दायरा बढाउन अनुमगन थालेका बताएको छ ।


यसैबीच उपमहानरले करशाखा अधिकृत कृष्ण केसीको नेतृत्वमा मंगलवार घोराहीका केही साना, ठुला पसलहरुमा छडके अनुगमन गरेको छ । करशाखा प्रमुख केसी सहित उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, घोराही उपमहानगरपालिका वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डे र केही संचारकर्मीहरुको सहभागिता रहेको थियो । अनुगमन गरिएका २३ पसलहरुमा २ वटा पसलहरुले मात्र प्रक्रिया पुरयाएर सबै ठाउँमा दर्ता गरिएको पाइएको थियो । घोराही उपमहानगरपालिका वडा नम्वर १५ स्थित दिपशिखा रोडमा गरिएको अनुगमनमा दिपशिखा रोडमा संचालित धौलुवावा खाद्य उद्योग र एल.पी.एस आएल मिल एण्ड गल्ला उद्योगले मात्र सबै स्थानमा दर्ता गरेर आफनो पसल संचालन गरेका थियो ।

सरकारको नियम अनुसार कुनै पनि उद्योग, व्यवसाय, पसल, होटलहरु संचालन गर्दा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग, उद्योग बाणिज्य संघ र स्थानिय तहमा दर्ता हुनुपर्ने प्रवधान छ । तर अनुगमन गरिएको अधिकास पसल, होटेलहरुले आफनो पसल दर्ता विना नै संचालन गरिएको, दर्ता गरेकाहरुले पनि नविकरण नगरेको, पाइएको थियो । आठ, दश बर्ष देखि आफनो पसल नविकरण नगरेको पनि पाइएको थियो । अनुगमनको क्रममा अनुगमन कर्ताहरुले व्यवसायीहरुलाई दर्ता प्रक्रियामा आउन र राज्य प्रतिको आफनो दायित्व पुरा गर्न आग्रह गरेका थिए । साथै उनीहरुले व्यवसायीलाई कर तिरेर मात्र आफनो क्षेत्रमा विकास माग्न सुहाउने हुदाँ सबैलाई अनिवार्य करको दायरामा आउन आग्रह गरेका थिए । अनुगमनको क्रममा आउदो साउन ५ गते भित्र वडा कार्यालयबाट सिफारिस लिएर उपमहानगर पालिकामा दर्ता पक्रियामा आउन व्यवसाय संचालकहरुलाई आग्रह गरेका थिए ।
अनुगमन पछि प्रतिक्रिया दिदै उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले स्थानिय तहको लापरवाहीले नै बजार क्षेत्रमा संचालित पसलहरु विना दर्ता संचालन भैरहको बताए । विना दर्ता संचालन हुदा स्थानिय तहले भने अनुरुप राजश्व उठाउन नसकेको र राजश्वको लक्ष्य पुरा नहुदा त्यसले विकासलाई असर पारेको बताए । साथै अव यहाँको विकास र समृद्धिको लागि सबै उद्योग, व्यवसाय, पसलहरुलाई दर्ता प्रक्रियामा ल्याउन र करको दायरा बढाउन उनले स्थानिय तहलाई आग्रह गरे । साथै उद्योग बाणिज्य संघको तर्फबाट आफुले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । आफनो आन्तरिक स्रोतलाई मजबुद बनाउने भनेकै सबैलाई करको दायरामा ल्याउनु भएको हुदाँ यस तर्फ उपमहानरको बढी ध्यान जानुपर्ने उनले औल्याए ।
साथै वडा नम्वर १५का वडा अध्यक्ष रमेश पाण्डेले आफुले करको अघिल्लो बर्ष जे जस्तो भए पनि यस बर्ष आफुहरु उपमहानगरको लक्ष्य पुरा गर्न तर्फ लाग्ने बताए ।
यस्तै उपमहानगरपालिकाका आन्तरिक कर तथा राजश्व शाखा अधिकृत कृष्ण केसीले सबैलाई करको दायरामा ल्याउन आफुहरु अव योजनाबद्ध रुपमा अगाडी बढने बताए । उपमहानरले सबैलाई दर्ता प्रक्रियामा ल्याउन सबै ठाउँमा सचेतना मुलक कार्यक्रम गर्ने, बजार क्षेत्रमा नियमित माइकिङ गर्ने जानकारी गराए । त्यस्तै उपमहानगरले बजार क्षेत्रका व्यवसायहरु दर्ता भए नभएको, कर तिरे नतिरेको, नविकरण गरे ।

नगरेको अनुगमन गर्नको लागि नियमित कर्मचारी नै खटाउने बताए । साथै उनले यस आर्थिक बर्षमा उपमहानरले लक्ष्य अनुरुपको राजश्व उठाएरै छाडने दावि समेत गरे ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१