ताजा अपडेट

एक वर्षमा नमुना योग्य काम भएको मेयर पाण्डेकोे दाबी

          |   307 Views   |   Published Date : 10th July 2018 |

photo 1

यमकला भुसाल तुलसीपुर  असार | तुलसीपुर उपमहानगरपालिकाले १ वर्ष भित्र भएको कामको वार्षिक समिक्षा गरेको छ । उपमहानगरपालिकाले जनप्रतिनिधि आईसकेपछि भए गरेको कामको वार्षिक समिक्षा गरेको हो ।

सोमबार उपमहानगरपालिकाको भवनमा भएको वार्षिक समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दे उपमहानरपालिकाका प्रमुख घनश्याम पाण्डेले एक वर्षमा इतिहासमै नमुना योग्य काम भएको दाबी गरे । उनले खरको छानो विस्थापित गरेर टिनको छानो लगाउने, सुत्केरी भत्ता बढाएर ५ हजार प्रदान गर्ने जस्ता कार्यहरुले राष्ट्रको ध्यान केन्द्रित गरेको चर्चा गरेका थिए ।

त्यस्तै उनले नगरभित्रका ४० सामुदायिक विद्यालय सुधारको कार्यक्रम, राप्ती बबई क्याम्पसलाई २० लाख सहयोग गरेको, तुलसीपुर १२ हरिपौरीमा मेट्रो कलेज स्थापनाको प्रयास अन्तिम चरणमा पुगेको,अंचल अस्पतालमा व्लड बैंक सञ्चालनमा सहयोग गरेको, अञ्चल अस्पतालमा मृगौला पिडितको डाइलासिस सेवाका लागि ३० लाख सहयोग गरेको बताए ।

प्रमुख पाण्डेले उपमहानगरपालिकाले १ वर्षमा १२ सय योजनाहरु सञ्चालन गरेको र १ अर्ब बराबरका कार्यक्रमहरु सम्पन्न गरेको बताए ।

त्यस्तै उनले एक वर्ष विना कुनै झैझगडा र विवाद विना सफलता पूर्वक कार्य सम्पादन गरेको जानकारी दिए । तर उनले कानुन निर्माणमा विलम्ब हुँदा केही काम गर्न कठिनाई भएको बताए । आफुहरुले किनेका ६ वटा एम्वुलेन्स भन्सारमै थन्किएको उनले समेत बताए ।

सो अवसरमा बोल्दै तुलसीपुर उद्योग वाणिज्य सघंका निर्वतमान अध्यक्ष बिमल रिजालले टरिगाउँ एयरपोर्टको स्तरउन्नती र बजारमा रहेका छाडा चौपाएको पनि उपमहानगरपालिकाले विषेश ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा सघिंय इकाई कार्यालयका एसएसपी दिलिपकुमार चौधरी,नेपाली काग्रेंसका नेता सुरेन्द्र खड्का,नेकपाका वरिष्ठ नेता सोभाराम बस्नेत,टिकाराम खड्का, नेपाल पत्रकार महासघं दाङकी सहसचिव सर्मिला डिसी, राप्ति बबइ क्याम्पसका प्रमुख लक्ष्मण रेग्मी,कृषक तुलसा बुढा लगाएतले मन्तव्य व्यत्त गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रसासकिय अधिकृत आनन्द सारुको स्वागत मन्तव्यबाट सुरु भएको कार्य्रक्रमको सहजिकरण वसन्त आचार्यले गरेका थिए ।

दश उत्कृष्ट किसान सम्मानित

यसैबिच एक वर्ष पुरा भएको अवसर पारेर उपमहानगरपालिकाले नगरका दशजना उत्कृष्ट किसानलाई सम्मान समेत गरेको छ । कृर्षि फर्ममा लागेकाहरुको मनोवल बढाउन र स्थानीय सरकार किसानको सहयोगी हो भन्ने विश्वास दिलाउनका लागि नगर भित्रका दश उत्कृष्ट किसानलाई छनौट गरि सम्मान गरिएको मेयर पाण्डेले बताए ।

पशुपालन तर्फ र कृषि उपज तर्फ सम्मानित सबै कृषकलाई प्रमानपत्र सहित जनही सात हाजर नगद प्रदान गरिएको थियो ।

पशुपालन तर्फ भैंसी पालेर दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ सक्राममा शुभलक्ष्मी पशुपंक्षी फर्मका सञ्चालक हरिबहादुर रोका, गाईको दूध बेचेर मासिक एकलाख सम्म बचत गर्दै आएका तुलसीपुर ६ गोलौरामा साहारा पशुपालन संघका सञ्चालक चन्द्रबहादुर डाँगी, ९५ वटा बाख्रा पाल्दै आएका र बार्षिक ५ लाख बढीको आम्दानी गर्ने तुलसीपुर ३ निवासी धनबहादुर खत्री, तुलसीपुुर ८ कटकुँईयामा ५० बढी माउ बंगुर पालेर बार्षीक रुपमा राम्रो आम्दानी गर्दै आएकी धनमाता पुनलाई प्रमानपत्र सहित नगद रकमले सम्मान गरिएको हो ।

त्यसैगरी तरकारी तथा फलफूल खेति तुलसीपुर २ मा ३० कठ्ठा जमिनमा तरकारी खेतिगर्दै आएका जंगबहादुर चौधरी, तुलसीपुर ६ मा गंगामाला च्याउखेति समुह मार्फत बर्षेनी लाखौंको आम्दानी गर्दै आएकी तुलसीकुमारी बुढा, तुलसीपुर २ मा १२५ घार माहुरी पाल्दै बर्षेनी लाखौं आम्दानी गर्न सफल ताराबहादुर डाँगी, तुलसीपुर ३ मा समुहमा तरकारी खेति गर्दै बार्षिक लाखौं आम्दानी गर्न सफल प्रेमबहादुर बुढा र तुलसीपुर ५ मा ३ हजार केराको बोट लगाएर केराखेति गर्दै आएका गोविन्दप्रशाद बस्याललाई सम्मान गरिएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१