ताजा अपडेट

फेरि टाइगर बन्दै सलमान, क्याटरिना ‘इन’ कि ‘आउट’ ?

          |   20 Views   |   Published Date : 9th July 2018 |
 एजेन्सी | ‘रेस ३’ बक्सअफिसमा सफल भएपछि अब बलिउड सुपरस्टार सलमान खान आफ्नो हिट फ्रेन्चाइजी ‘एक था टाइगर’ को तेस्रो सिरिजमा पनि जोडिने भएका छन् । यो फिल्म बनाउनका लागि सलमानले स्वीकृत दिएका छन् ।
‘टाइगर…’ को दुई सिरिज हिट साबित भएका थिए । अब दर्शकलाई तेस्रो भागको प्रतिक्षा छ । टाइगरको नयाँ अध्यायमा कहानी के हुनेछ त्यसको खुलासा गरिएको छैन । तर, तेस्रो पटक पनि सलमान नै यो जासूसी ड्रामा फिल्ममा टाइगरको भूमिकामा देखिनेछन् ।
सलमान अहिले आफ्नो नयाँ प्रोजेक्ट ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ लाई समय दिने तालिका छ । दुई फिल्मको छायांकन सकिएपछि उनले ‘टाइगर’ को तेस्रो सिरिजको काम सुरु गर्नेछन् ।
पछिल्लो दुई फिल्ममा सलमानसँग अभिनेत्री क्याटरिना कैफ नै लिड एक्ट्रेस थिइन् र यो जोडीले निकै धूम मच्चाएको थियो । भारतीय मिडियाका अनुसार, यसको तेस्रो सिरिजमा पनि सलमान र क्याटरिनाको जोडी दोहोरिने प्रवल सम्भावना छ ।
Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१