ताजा अपडेट

नेकपा दाङद्धारा मुस्ताङमा ट्रिप्पर दुर्घटना परि ज्यान गुमाउँने मदुरहरुप्रति श्रद्धाञ्जली व्यक्त

          |   151 Views   |   Published Date : 8th July 2018 |

घोराही, असार । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले मुस्ताङमा ट्रिप्पर दुर्घटना परि ज्यान गुमाउँने मजदुरहरु प्रति श्रद्धाञ्जली व्यक्तव्य जारी गरेको छ । पार्टीले शनिबार एक श्रद्धाञ्जली व्यक्तव्य जारी गरि हिजो मुस्ताङमा ट्रिप्पर दुर्घटनामा परि ज्यान गुमाउँने मजदुरहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको हो ।


शुक्रबार मुस्ताङ स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुर चढेको ट्रिपर दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा सडकबाट खसेर दुर्घटना हुँदा २० जना मजदुरहरुको मृत्यु भएको छ , भने १५ जना गम्भिर घाइटे भएका छन् ।


ट्रिप्पर दुर्घटनामा परि दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्र्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको लगाएत मजुदरहरुको दुःखत निधनप्रति पार्टीलाई मर्माहत बनाएको जिल्ला सेक्रेटरी विक्रमले जानकारी दिएका छन् ।
पार्टीले मृतक परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइते मजदुरहरुको स्वास्थ्य लाभको कामना गरेको छ । मृतक परिवारलाई छिटोभन्दा छिटो क्षतिपूर्ति उपलब्ध गराउँन र घाइतेहरुलाई पूर्ण रुपमा उपचार गर्न सरोकारवाला पक्षलाई पार्टीले वक्तव्य मार्फत गम्भिर ध्यानाकर्षण समेत गराएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१