ताजा अपडेट

विद्यार्थीलाई बैंकको बारेमा जानकारी

          |   126 Views   |   Published Date : 6th July 2018 |

baink

दाङ, असार  । कृषि विकास बैंक लि.ले ग्राहकहरुलाई दिदै आएको सेवा सुविधाहरुको बारेमा जानकारी दिन सुरु गरेको छ । प्रविधियुक्त सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरु समक्ष पुगेर बैंकको बारेमा जानकारी दिन सुरु गरेको बैंकका शाखा अधिकृत खिमबहादुर अधिकारीले बताउनुभयो ।

बैंकले घोराहीको सिद्धार्थ एकेडेमीका व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । घोराहीमा रहेको कृषि विकास बैंक लि.ले विद्यालयमै पुगेर विहिबार विहान विद्यार्थीहरुको माझमा वित्तिय साक्षरताको बारेमा जानकारी दिएको हो । बैंकका प्रबन्धक बाबुराम ज्ञवालीको अध्यक्षता तथा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालयका निर्देशक गणेशबहादुर विसिको प्रमुख आतिथ्यता र विद्यालयका प्रबन्ध निर्देशक नवराज सुबेदीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बैंकका शाखा अधिकृत खिमबहादुर अधिकारीले प्रशिक्षण दिनु भएको थियो । उहाले नेपालकै सबै भन्दा बढि पुँजी भएको बैंक कृषि विकास बैंक नै रहेको र देशका ७७ वटै जिल्लामा शाखाहरु स्थापना भएको जानकारी दिनुभयो । दाङमा ७ वटा सहित राप्तीका जिल्लाहरुमा १२ वटा शाखाहरु मार्फत ग्राहकहरुलाई प्रविधि युक्त सेवा दिदै आएको उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा पत्रकार निमुसंगम घर्ति लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको सहजीकरण राजकुमार विश्वकर्माले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१