ताजा अपडेट

मावि झिङ्नी बन्जाडीमा लागुऔषध विरुद्ध कार्यक्रम

          |   195 Views   |   Published Date : 6th July 2018 |

laguaausad

दाङ, असार  । घोराही उपमहानगरपालिका वडा नम्बर ३ स्थित मावि झिङ्नी बन्जाडीमा लागु औषध दुब्र्यसनी विरुद्ध कार्यक्रम गरीएको छ । त्यहाका विद्यार्थीहरुलाई लक्षीत गर्दै सामुदायीक प्रहरी सेवा केन्द्र घोराहीले लागु औषध दुब्र्यसनी विरुद्ध कार्यक्रम गरेको होे ।

विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको थियो । उहाले लागु औषध भनेको के हो ? लागु औषध दुब्र्यसनीमा फस्ने कारणहरु, दुब्र्यसनीका लक्षणहरु र यसबाट बच्ने उपायको साथै कानुनी व्यवस्थाका विषयमा जानकारी गराउनु भएको थियो । उहाले साथी संगीको लहलहैमा लागेर धेरै युवा तथा किशोरकिशोरीहरु कुलतमा फस्ने गरेको जानकारी दिनुभयो । एक पटक कुलतमा फसे पछि मुक्त हुन गाह्रो भएकाले कुलतबाट टाढै रहन सुझाव दिनुभयो ।

लागुऔषधको प्रयोग र कारोबारलाई सरकारले अबैध ठहर्याएको जानकारी दिदै उहाले कसुरको आधारमा जन्मकैद देखि २५ लाख रुपैया सम्म जरिवाना रहेको बताउनुभयो । सामुदायीक प्रहरी सेवा केन्द्रका सचिव आरके शितलको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र प्रहरी निरिक्षक रञ्जन अवाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यालयका प्रअ अधिकारीले विद्यालयमा कार्यक्रम गरेकोमा खुशी ब्यक्त गर्दै धन्यबाद दिनुभयो । कार्यक्रमको सहजीकरण विद्यालयका पुर्वविद्यार्थी नवीन अभिलाषीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१