ताजा अपडेट

छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण

          |   93 Views   |   Published Date : 5th July 2018 |

घोराही, २१ असार । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा शंकर माध्यामीक विद्यालय पीपरीका ३० जना छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको वडा नं ८ का छ ।


राप्ती गाउँपालिका वडा न. ८ को वार्षिक कार्यक्रम अनुसार झोला, कापी, कलम लगाएत सामाग्री वितरण गरिएको वडा सचिव विरबहादुर वलीले जानकारी दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य नारायण चौधरी, राप्ती गाउँपालिका गाउँ शिक्षा समिति सदस्य शिवध्वज मल्ल, शिक्षा प्रमी रेशम थापा, तारा घिमीरे, प्रध्यानाध्यापक अमीनप्रसाद चौधरी लगायतको सहभागीतामा सम्पन्न भएको थियो ।


शंकर माध्यामीक विद्यालय पीपरीका ३० जना छात्र छात्राहरु स्वस्तीका चौधरी, मंगला चौधरी, सुस्मा चौधरी, रोशन चौधरी, मधुसुदन चौधरी, शारदा चौधरी लगायतका लाई शैक्षिक सामाग्री वितरण गरिएको वडा नं ८ का अध्यक्ष गोकर्ण बहादुर रानाले जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१