ताजा अपडेट

पुर्व यौनकर्मी महिलाहरु समस्यामा

          |   907 Views   |   Published Date : 3rd July 2018 |

5923E2D3-C37C-49FC-A858-8B64F0DE35F6 सन्तोष अधिकारी दाङ, असार  ।  आम्दानीको भरपर्दो स्रोत नभेटिएपछि पूर्व यौनकर्मी बादी महिलाहरु अहिले समस्यामा परेकाछन् । आफुहरुले अगाल्दै आएको यौन व्यवसाय बन्द भएपछि समस्यामा परेको बताउछन् ।

समाजले यौन व्यवसायलाई घृणाका रुपमा लिएपछि आफूहरुले उक्त व्यवसाय छाडेको पूर्वयौन व्यवसायमा संलग्न दाङकी एक महिलाले बताइन् । १५÷२० बर्ष पहिले यौन व्यवसाय गरेर परिवार चलाएको संझदै नाम नबताउने शर्तमा ती महिलाले अहिले साँझ विहानको छाक टार्ने समस्या भएको बताईन् ।

विगतमा गलत काम गरेरै भएपनि २÷४ पैसा कमाउँदा खुसी हुने आफन्त आजभोलि बोल्न छाडेको उनको अनुभव छ । उमेर हुँदासम्म विवाह नगरी माइतीका लागि भनेर बसियो आज बुढेसकालमा न बा,आमा न दाजु,भाई कसैको हुन सकिएन पूर्वयौनकर्मी ती महिलाले दुःख पोख्दै भनिन् । उमेर समेत खस्किएका कारण ज्याला, मजदुरी गर्न सक्ने अबस्था नरहेको भन्दै ती महिलाले दैनिक छाँक टार्न समेत मुश्किल परेको बताइन् । केही बर्ष पहिले आर्यआजर्नका लागि महिला विकास कार्यालयले दिएको १५ हजार बाहेक सरकारबाट केही नपाएको भन्दै आफू जस्ता दिदीबहिनीका लागि सरकारले आयआर्जनमा सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको भनाई छ ।

बादी समुदाय उत्थान बिकास समितिले देशभर १२ सय पूर्व यौनकर्मी बादी महिलाको पुनःस्थापना हुन बाँकी रहेको जनाएको छ । यौन व्यवसाय बन्द भएसंगै ती महिलाहरु अहिले अलपत्र अवस्थामा रहेको बादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक महेश बादीले जानकारी दिए । दैनिक छाँक टार्ने समस्या नै ती महिलाहरुको मुख्य समस्या रहेको र उनीहरुको उत्थानका लागि विकास समिति निरन्तर लागिराखेको उनले वताए । यौनकर्मी महिलाको भरपर्दो आर्थिक श्रोत नहुँदा उनीहरुबाट जन्मेका सन्तान समेत अलपत्र पर्ने गरेको भन्दै वादीले उनीहरुका लागि पुनःस्थापनाको गुरु योजना बनाउन आबश्यक रहेको बताए । आर्थिक अबस्था कमजोर हँुदा कतिपय महिला फेरि पुरानै व्यवसायमा फर्कनुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै वादीले त्यसका लागि सरकारले पुनःस्थापनाको प्याकेट छिट्टै ल्याउनुपर्ने बताउछन् ।
बादी समुदाय उत्थान बिकास समितिले यौन व्यवसायमा संलग्न महिलाको आर्य÷आर्जनका लागि सहायता रकम प्रदान गरेको छ । दाङ, बाके, बर्दिया, कैलाली, सुर्खेत र दैलेखका ती महिलालाई सहायता रकम प्रदान गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दाङ ४, बाँके ५, बर्दिया ५, कैलाली ७, सुर्खेत १ र दैलेख २ गरी २४ जनालाई ८० हजारका दरले रकम प्रदान गरेको बादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक महेश बादीले जानकारी दिएकाछन् । सहायता रकमले पुर्व यौनकर्मी महिलाहरुले बाख्रापालन, बंगुरपालन, व्युटीपार्लर, फ्रेसहाउस संचालन गर्दै आइरहेको महेश वादीले बताए । आर्थिक अभाववाट गुज्रिदै आएका पूर्वयौनकर्मी महिलाहरु भारतका बिभिन्न क्षेत्रमा यौन व्यवसायमा संलग्न हँुदै आएका छन् ।

नेपालमा यौन व्यवसाय संचालन हुन छाडे पछि भारतको बम्बई र दिल्लीमा व्यवसाय संचालन हुँदै आएको कार्यालयको भनाई छ । कामको शिलसिलामा भारतका विभिन्न क्षेत्रमा जाने र त्यतै यौन व्यावसायमा संलग्न हुने क्रम बढेको छ । पछिल्लो समय अधिकांस १६ बर्षदेखि माथी उमेर समुहका बालबालिकाहरु समेत यो व्यवसायमा संलग्न हुदै आएको बादी समुदाय उत्थान बिकास समितिको तथ्याङ्कले देखाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१