ताजा अपडेट

दाङका ३५ स्थान वाढिको उच्च जोखिममा

          |   1188 Views   |   Published Date : 3rd July 2018 |

IMG_20180702_115256 सन्तोष अधिकारी दाङ, असार  । लागातार रुपमा दुई दिन देखी अविरल वर्षा भएपछि जिल्लाका विभिन्न स्थानलाई जोखिमयुक्त मान्दै उच्च सतकर्ता अपनाउन आग्रह गरीएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दाङले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका ३५ स्थानलाई बाढी तथा पहिरोको उच्च जोखिमको रूपमा राखेको हो ।


जोखिमयुक्त स्थानमा करिब १ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान सहित उच्च सतर्कता अपनाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । दाङको राप्ती तटीय क्षेत्र अर्थात देउखुरी क्षेत्रको राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, तुलसीपुर क्षेत्रको दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिकामा बाढीको उच्च जोखिम रहेको दाहालले बताए । लमही नगरपालिका र तुलसीपुर उप महानगरपालिकाको तीन दर्जन वडाहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा राखेर सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

जिल्लाको भालुवाङ, तुलसीपुरको उरहरी र घोराहीमा जिल्ला प्रशासन कार्यालयमा खोज उद्धार सामग्री सहित एक÷एक वटा रवर बोट र खोज उद्धार टोली तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएकाछन् । जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका र शान्तिनगर गाउँपालिकाको वडा नम्वर १ र ३ लाई पहिरोको उच्च जोखिम क्षेत्रका रुपमा तोकिएको श्रेष्ठले बताए । “आईतवार देखी परेको वर्षापछि आउन सक्ने विपद्लाई क मगर्न उच्च र मध्यम जोखिम युक्त ठाँउ छनौट गरीएको हो” श्रेष्ठले भने ।
यता घोराही उप महानगरपालीकाको वार्ड नं १९ पनि पहिरोको जोखिमयुक्त वडामा रहेपनि त्यसलाई भने उच्च जोखीमको सुचिमा राखीएको छैन । त्यस्तै घोराहीकै वार्ड नं ४, ५, ६, ७, ८ र ९ नं वडाहरु पनि वाढिको जोखीमयुक्त मानिन्छन् । तर अत्याधिक वर्षाका समयमा सानातिना खोलाहरुमा आउने वाढिले पनि मानविय क्षति हुने गरेको छ । गतवर्ष घोराही १२मा खहरे खोलाले वगाउदा एकजनाको ज्यान गएको थियो ।

पहिरोको मध्यम जोखिम क्षेत्रका रूपमा बबई गाउँपालिका वडा नम्वर २ र ३, बंगलाचुली गाउँपालिका वडा नम्वर १, २ र ८, तथा राप्ती गाउँपालिकाको वडा नम्वर ९ रहेका छन् । दाङमा राप्ती नदीले चार वटा स्थानीय तहहरू राजपुर, गढवा, राप्ती र लमही नगरपालिकाका दुई दर्जन वडाहरूलाई प्रभावित बनाउने जिल्ला दैविप्रकोप उद्धार समितिले उल्लेख गरेको छ । त्यसबाट एक हजार घरधुरी प्रभावित हुने तथा झन्डै १० हजार मानिस प्रभावित हुने जिल््ला विपद् व्यवस्थापन समितिले जानकारी दिएको छ ।
दुई दिनदेखि अविरल रूपमा पानी परेको हुँदा सचेत रहन दाङका दशवटै स्थानीय तहहरुले सर्वसाधारणहरुसंग अनुरोध गरेकाछन् । घोराही उप महानगरपालीका भएर वग्ने बबई तथा राप्ति गाँउपालीका भएर वग्ने राप्ती नदि आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन मोवाइल मार्फत सन्देश समेत पठाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१