ताजा अपडेट

स्थानीयको लगानीमा निर्मित सिउरेनी वहुद्देश्यि ताल

          |   153 Views   |   Published Date : 27th June 2018 |

IMG_20180623_150805 देउखुरी,असार  । लमही नगरपालिका वडानम्बर ९ मा रहेको मानव निर्मित तालको पानी वाट सिचाइ गरि धमाधम रोपाइं भइरहेको छ । लामो घडेरीका कारण देउखरीका विभिन्न स्थानमा रोपाई गर्न समस्या भइरहेका बेला लमही नगरपालिका तेलियाका स्थानीय किसानहरुले तालमा जम्मा भएको पानी वाट सिचाइ गरि रोपाइं शुरु गरेका हुन । स्थानीय खिमवहादुर चौधरीले तालकै पानी वाट सिचाइ गरि रोपाइ गरेको जानकारी दिनुभयो ।


सिउरेनी वहुउदेश्यिय ताल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा सिमसार क्षेत्रमा निर्माण गरिएको छ । तेलिया हरियाली सामुदायिक वनको हाता भित्र १० विगाहा क्षेत्रमा ताल निर्माण गरेपछि सामुदायिक वनमा जंगलीजनावरको पनि वृद्धि भएका छन् । सामुदायिक वनमा पानीको श्रोत भएपनि एकै ठाउँमा जम्मा नहुंदा खेर गइरहेको पानीको संकलन तालमा भएपछि तेलिया गाउँका ६० घरधुरीको ५० विगाहा जमिनमा सिंचाइ सुविधा पुगेको छ । १४ फुट गइराइ रहेको सो तालमा अहिले पानी भरीभराउ छ ।


सामुदायिक वनको मातहतमा रहेको सो सामुदायिक वनले सो तालमा माछा पालनको लागि ठेक्कामा दिने योजना रहेको सामुदायिक वनका अध्यक्ष पूर्णवहादुर चौधरीले जानकारी दिनुभयो । स्थानीय तह,सामुदायिक वन,नर्ति समन्वयय समिति,भुसंरक्षण कातार्यालय,तराइ भु परिधि कार्यक्रम ,जिल्ला वन लगायतको संघसंस्थाको सहयोग करिव ३० लाख पुल निर्माणकै लागि खर्च भइसकेको छ ।
ताल निर्माण भइसकेपछि स्थानीय किसानहरुल तरकारी खेति शुरु गरेका छन । टनेल खेति मार्फत तरकारी खेतिमा आकर्षित भएका स्थानीय किसानहरुले ताल निमार्ण भएपछि आफ्नो गाउँलाई तरकारी खेतिको पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने स्थानीय तेजवहादुर केसी तिलकले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१