ताजा अपडेट

विद्यार्थीले गरे वृक्षारोपण

          |   130 Views   |   Published Date : 24th June 2018 |

36087379_1800633093308953_5648862006992699392_n घोराही, १० असार । घोराहीको बिद्यानीलकण्ठ माध्यामिक विद्यालयका विद्यार्थीहरु विद्यालय प्राङ्गणमा वृक्षारोपण गरेका छन । बिद्यालयको शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सक्रियतामा गुलाब, धुपीसल्ला, सयपत्री, घिउकुमारी जस्ता करिब ४० प्रजातिका पूmल तथ विरुवाहरु रोपिएका छन् ।


आवश्यक पर्ने कुटो, कोदालो, बिरुवा, मल आदि सामाग्री विद्यार्थीहरु आपैmले व्यवस्था गरेका थिए । विद्यार्थीको पठन पाठनमा विद्यालयको बाहिरी वातावरणले प्रभाव पार्ने हुनाले वातावरणलाई स्वच्छ सफा र सुन्दर बनाउने उद्धेश्यले विरुवाहरु रोपिएको बिद्यालयका प्रिन्सिपल गणेश के.सी. ले बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुविन्द्र बुढा र शोभाराम गिरीको नेतृत्वमा गरिएको यस कार्यक्रममा विद्यार्थीहरु निकै उत्साहित र सकृय देखिएका थिए ।

यस किसिमका कार्यक्रमहरुले विद्यार्थीहरुको सक्रियता बढाउने र वातावरण पनि सफा र सुग्घर हुने कुरा विद्यालयका प्रबन्ध निर्देशक शरद कुमार शर्माले जानकारी गराए । त्यसैगरी आषाढ १५ गते रोपाई जात्राका दिन बिद्यार्थीहरुलाई खेतमा लगेर धान रोप्न सिकाउने कार्यक्रम रहेका पनि उनले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१