ताजा अपडेट

अपराध नियन्त्रणकालागि प्रहरीलाई सहयोग

          |   88 Views   |   Published Date : 24th June 2018 |

2-1-e1529753647673 घोराही, १० असार । घोराही बजार क्षेत्रका टोल विकास संस्थाहरुले अपराध नियन्त्रणकालागि प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘प्रहरी टोलटोलमा अभियान’ अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्रले आज शनिवार घोराहीमा आयोजना गरेको सुरक्षासम्वन्धमा सल्लाह तथा सुझाव संकलन कार्यक्रममा सहभागि टोल विकास संस्थाका प्रतिनिधीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।


केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि टोल विकास संस्थाहरुले समाजमा हुने हरेक किसीमका अपराधलाई न्यूनिकरण गर्नकालागि प्रहरीलाई सहयोग गर्न सधै तत्पर रहेको बताए । समाजमा शान्ति सुरक्षा कायम गर्नकालागि निरन्तर खटिने प्रहरीलाई सुचना दिएर सहयोग गर्ने टोल विकास संस्थाका प्रतिनीधीहरुको भनाई छ । उनीहरुले पछिल्लो समय लागु औषध दुव्र्यशनीहरुको संख्या बढ्दै गएकाले समाजको प्रमुख समस्याको रुपमा दुव्र्यशन रहेको बताए ।

युवाहरु कुलतमा फसिरहेकाले यसमा प्रहरीले सक्रियता बढाउनुपर्ने बताए । उनीहरुलाई सुधार्नकालागि दुव्यर्सन रोक्नकालागि अभिभावकहरु सचेत हुनुपर्ने आवश्यक रहेको उनीहरुको भनाई छ । जसमा टोल विकास संस्था लागिपरेकाले प्रहरी प्रशासनले सहयोग गर्न अनुरोध गरेका थिए । साथै घरेलु मदिरा, ट्राफिक व्यवस्थापन लगायतका विषयमा प्रहरीले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । कार्यक्रममा सहभागीहरुले महिलाहरको आरक्षण कोटा, सार्वजनिक यातायातमा यात्रुमैत्री व्यवहार लागु नभएको पनि बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदले समाजमा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रणमा प्रहरी निरन्तर लागिरहेको भन्दै यसमा सहयोग गर्न टोल विकास संस्थाहरुलाई अनुरोध गर्नुभयो । उहाँले समाजमा शान्ति सुरक्षामा खलबल पुग्ने कुनै क्रियाकलाप भएमा वा हुने संकेत देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो । कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१