ताजा अपडेट

मेयरकपमा आज देखी सेमिफाईनल

          |   74 Views   |   Published Date : 23rd June 2018 |

  घोराही, असार ८ । दाङको घोराहीमा जारी घोराही नगर स्तरीय प्रथम मेयर कप रनिङ फुटवल प्रतियोगितामा क्वाटर फाईनलका खेलहरु सकिएका छन् । आज शनिबारबाट सेमी फाईनलका खेलहरु हुने भएका छन् । सेमीफाईनमा ४ वटा वडाहरु पुगेका छन् । वडा नम्बर ६, ७, १५ र १८ का खेलाडीहरु क्वाटर फाइनलबाट सेमिफाईनलमा पुगेका हुन् ।

सुक्रबार दिउसो भएको खेलमा वडा नम्बर १८ ले वडा नम्बर १० लाई १ का बिरुद्ध ४ गोलले पराजित गरेको छ । बिहान र दिउसो गरी दुई चरणमा खेल हुने र ११ गते फाईनल हुने दाङ जिल्ला फुटबल संघका महासचिब नरेन्द्र पुनले जानकारी दिनुभयो । प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, कप सहित प्रमाणपत्र र दोस्रो हुनेलाई ५० हजार, कप र प्रमाण पत्र पुरस्कार रहेका छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१