ताजा अपडेट

घोराही उपमहानगरपालिकाको निति तथा कार्यक्रमको तेश्रो नगरसभा सार्बजनिक

          |   155 Views   |   Published Date : 23rd June 2018 |

 35971387_924935527691519_1008436588566282240_n

घोराही, ९ असार । घोराही उपमहानगरपालिका–ले आर्थिक वर्ष २०७५÷२०७६को निति तथा कार्यक्रम तेश्रो नगरसभा समक्ष सार्बजनिक गरेको छ ।


घोराही उपमहानगरपालिका–का प्रमुख मेयर नरुलाल चौधरीले प्रश्तुत गर्नुभएको निति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा भौतिक तथा पुर्वाधार बिकास कार्यक्रम परेको छ । भौतिक पुर्वाधार बिकास गर्दा घोराही उपमहानगरपालिका भित्र चक्रपथ,प्रमुख नदिहरुको दायाँ बाँया करिडोर र घोराही तुलसीपुर सडक खण्डको उत्तर दक्षिणका क्षेत्र जोड्न सडक निर्माण गरी सबै टोल बस्तीलाई यातायात संजालले जोड्ने निति लिईने उल्लेख गरिएको छ ।

आर्थिक संवाहकहरु जस्तोः कृषि,उद्योग,पर्यटन,ब्यापार बित्त तथा सहकारी लगायतका क्षेत्रलाई चलायमान बनाउने परिकल्पना गरेर सडक निर्माणलाई सर्बोपरि प्राथमिकता दिईएकोे छ । यसैगरी आज सार्बजनिक गरिएको निति तथा कार्यक्रममा घोराही उपमहानगरपालिकाले सडक निर्माण गर्दा नगर सदरमुकामबाट सबै वडा केन्द्रहरुलाई जोड्न एक–एक वटा सडकहरु छनोट गरी कालोपत्रे गर्ने नितिलाई निरन्तरता दिईनेछ । वडा नम्बर १,२,४,५,११,१२,१३,१८ र १९ का दुर्गम टोल बस्तीलाई बढीमा आधा घण्टाको पैदल हिडेर यातायात भेट्ने गरी थप सडकहरु निर्माण गरिने छ ।
यसैगरी बबई नदीलाई निर्मल,पवित्र र बाह्रै महिना भरपुर जलप्रवाह भईरहने अवस्थामा बिकास गर्नकालागी बबई करिडोर संरचना निर्माण तथा सौर्दर्यीकरणका लागी तुलसीपुर उपमहानगरपालिका सँग सहकार्य गरी आगामी आर्थिक बर्षमा बिस्तृत आयोजना प्रतिबेदन तयार गरिने,सडकलाई जुनसुकै समयमा पनि यातायात संञ्चालनयोग्य बनाउनका लागी पुल निर्माण तथा कल्भर्ट निर्माण कार्यलाई प्राथमिकता दिईने छ ।
निति तथा कार्यक्रममा सिँचाई,भवन तथा शहरी बिकासका सम्बन्धमा अब्यवस्थीत बसाँईलाई ब्यवस्थीत गर्ने निति अबलम्बन गरिनेका साथै नक्सापास नगरी घर बनाउनेलाई कारबाही गरिने निति लिईने लगायतका रहेका छन्
यसैगरी २०७५÷२०७६को निति तथा कार्यक्रममा शहरी यातायात,उर्जा,लघु तथा सम्पन्न जलबिद्युत,निर्माण कार्यको प्रभावकारी नियमन,स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई सहभागी गराईने निति,जेष्ठ नागरिक स्वास्थ्य उपचार कार्यत्रमलाई निरन्तरता दिईने लगायतका रहेका छन् । यसैगरी शैक्षिक गुणस्तर कायम गर्नलाई न्यायोचित तरिकाले बिद्यार्थी संख्यामा आधारित रहेर बिद्यालय मर्ज,दरबन्दी मिलान र सरुवा प्रक्रियालाई प्राथमिकताका साथ लागु गरिने रहेको छ । खानेपानि तथा सरसफाई,खेल मैदान निर्माणका साथै वडा स्तरिय र नगरस्तरिय खेलकुद आयोजनाका साथै युवाहरुमा खेलप्रति अभिरुचि जगाउदै स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलाडीको भावना बिकास गर्दै लगिने कार्यक्रम रहेका छन् ।
यसैगरी महिला तथा बालबालिका,अपाङता,जेष्ठ नागरिक,लैङिगक समानता,लैङिगक हिंसा निवारण तथा सामाजिक समाबेशीकरण सम्बन्धमा पनि निति तथा कार्यक्रम अन्र्तगत समाबेस गरिएको छ ।

कृषि तथा पशुपंन्छी,उद्योग,पर्यटन तथा संस्कृति बिकास,सहकारी,ब्यापार ब्यवसायलाई ब्यवस्थीत रुपमा संञ्चालन तथा नियमन गरिने,उपभोक्ता हित संरक्षण,बातावरण तथा विपद् ब्यवस्थापन,फोहरमैला ब्यवस्थापन,संस्थागत बिकास तथा शुसासन र प्रविधि,सुरक्षा ब्यवस्थापन,योजना,स्थानिय तथ्यांक तथा अभिलेख,शुसासन प्रर्बद्धन लगायतका बुदाहरुलाई समेटेर आर्थिक बर्ष २०७५÷२०७६को निति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१