ताजा अपडेट

कवि प्रसन्नको मिझोर माथी बहस

          |   179 Views   |   Published Date : 23rd June 2018 |

hhhh

दाङ, असार ९ । नेपाली समकालिन कवितामा फरक धारलाई पछ्याईरहेका कवि प्रसन्न घिमिरे आफ्ना कविताहरु सहित दाङका साहित्यकारहरुको माझ पोखिएका छन् । शब्दहरुलाई कोमल रुपमा खेलाएर निर्माण गरेको कविताहरुको संग्रह मिझेर माथी बहस गरीएको छ । उदाहरण समूह, नेपालको ब्यानरमा भएको बहसमाथी स्पष्टिकरणका लागि उभिएका कवि प्रसन्न घिमिरेले कविताका बारेमा बहस गरे ।

जुनेलीको विषले निलै हुन्छन्, हरिया पातहरु सबै
अनि खस्छन्,
उफ् । शिशिरको तुसारोमा नांगै हुन्छ,
रात रातभर चिसोमा कापिरहन्छ ।

समूहका अभियान्ता तथा कवि विष्णु सन्यासले प्रस्तुतीकरण गरेको बहसमा कवि घिमिरेले कविताले हृदयसंगको छुवाई हुनुपर्ने बताए । कविताको सौन्दर्यमा लेख्नु कविले ठुलो ध्यान गर्न सक्नु पर्ने भन्दै कविले फरक धारमा र प्रयोग गर्दै लेख्न मन पराउने बताए । ‘र निशब्द’ र एकात्म (सयुक्त) कविता संग्रहमा आफुले आफ्नो अनुहार फरक देखाउन खोजेको भन्दै त्यसलाई न्याय गर्ने कोसिस गरेको बताउनुभयो । कुनै कुनै कविताको स्टक्चरलाई लिएर निबन्ध र कथा जस्तो आरोप लगाउने गरेको कवि विष्णु सन्न्यासको प्रश्नमा कविले कविता स्टक्चर भन्दा पनि भाव र कलामा निर्भर हुने बताए ।

ती आदिबासी कहाँ गए ? म खोजिरहेछु,

बृक्षको हाँगामा चित्र बनाउथे,
किरणका लौरीले छोईदिदा ब्युझन्थे ।

कवि प्रसन्नले अम्मली, विस्वास, साँघु, लिनुदिनु, आदिबासी, कथामा एक चिया दोकान, वियरक्यान, कारण, आधा लगाएतका कविताहरु बाचन गरेका थिए । साथै कविले यस अगाडी प्रकाशन भएको एकात्म सयुक्त कविता संग्रहबाट पनि कविता बाचन गरेका थिए ।

साहित्य, कला र संगीतको क्षेत्रमा काम गर्दै आईरहेको उदाहरण समूहका घनश्याम अस्तित्वले कवि प्रसन्न घिमिरेको कृतित्व, ब्यक्तित्व र उदाहरण समूह, नेपालको गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक आशा वलीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१