ताजा अपडेट

लुटेरालाई नियन्त्रण गर्ने क्रममा बौद्धमा गोली चल्यो, लुटेरा खुँडे घाइते

          |   100 Views   |   Published Date : 22nd June 2018 |

35805490_2095474480777622_3842952688522231808_n

सागर थापा

काठमाडौँ। काठमाडौँको बौद्ध स्थित मुलपानीमा बिहिवार साझ गोलि चलेको छ । लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुँडे भनेर चिनिने सिन्धुपाल्चोक, बाह्रबीसेका २६ बर्षिया अम्वरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा दुई राउण्ड गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले एविसीलाई जानकारी दिनुभयो । खुँडे गोकर्णेश्वर नगरपालिका काठमाण्डौमा डेरा गरि बस्दै आएको बुझिएको छ । अम्बरको दाहिने खुट्टामा गोली लागेको छ।उनि घाइते भएका छन् । प्रवउ सिंहका अनुसार घटनास्थलबाट एक कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ ।

त्यसैगरी एक हजार २०० अमेरिकी डलर र आठ बिटा नक्कली नोटको आकारको कागजसमेत फेला परेको छ । खुंडेले गत जेठ २८ गते भक्तपुरको सुर्यबिनायक जंगलमा चापाकोट नगरपालिका-१४ घर भइ हाल रत्न नगर नगरपालिका १० बस्ने राज भण्डारीको साथमा रहेको आठ लाख डलर लुटेका थिए । चितवन अमरले गत जेठ २४ गते भक्तपुरमा ताप्लेजुङका वीरेन तामाङलाई डलर साटिदिन्छु भनी बोलाएर रु १९ लाख ६० हजार लुटेका थिए ।

त्यस्तै राजधानिको कपन स्थित संयुक्तपार्कमा ताप्लेजुङ फुललिङ नगरपालिका ४ बस्ने राजकुमार बानियाको साथमा रहेको ४९ लाख डलर सोही खुँडे समुहले लुटेको आरोप लागेको छ ।उक्त रकम लुट्ने काममा चार जना संलग्न रहेको जानकारी प्रवउ सिंहले दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१