ताजा अपडेट

लक्ष्य भन्दा आधा पनि उठेन राजश्व

          |   298 Views   |   Published Date : 22nd June 2018 |

dang रीता लामा घोराही, ८ असार । घोराही उपमहानगरपालिकाले गत आर्थिक बर्ष ०७४।७५मा एक अर्ब ३५ करोड ८० लाख बरावरको कुल बजेट प्रस्तुत गरेको थियो । जुन बजेटको आन्तरिक आयस्रोत तर्फ अर्थात राजश्य तथा अनुदान प्राप्तीको अनुमानित बजेट १९ करोड २ लाख ७१ हजार संकलन गर्ने लक्ष्य प्रस्तुत गरेको थियो ।

तर अहिले आर्थिक बर्ष ०७४।७५ असारको पहिलो सातासम्म आइपुग्दा उपमहानगरले आन्तरिक स्रोत तर्फ लक्ष्य भन्दा आधा पनि राजश्य संकलन गर्न सकेको छैन । उपमहानरगले लक्ष्य भन्दा थोरै अर्थात ८ करोड २९ लाख ३१ हजार मात्रै राजश्वय संकलन गरेको छ ।


घोराही उपमहानगरपालिका लेखा अधिकृत नवराज सुवेदीले दिएको जानकारी अनुसार उपमहानगरले गत बर्ष आन्तरिक स्थानिय कर तर्फ ५ करोड ४० लाख ६५ हजार ७ सय अनुमानित आय विवरण प्रस्तुत गरेकोमा एक बर्षको अवधीमा जम्मा ११ लाख ७५ हजार मात्रै संकलन गरेको छ ।
यस्तै सेवा शुल्क करमा दुइ करोड १० लाख लक्ष्य लिएकोमा ५ लाख ९१ हजार , दस्तुर अर्थात स्थानिय तहबाट हुने सिफारिसबाट ३ करोड ६४ लाख ९५ हजार लक्ष्य लिएकोमा ११ लाख ३० हजार, विभिन्न प्राकृतिक स्रोत साधनको व्यवसाकिय विक्री करबाट २५ लाख अनुमानित गरिएकोमा ६७ हजार मात्रै संकलन भएको छ । त्यस्तै अन्य विभिन्न शिर्षकको करबाट १ करोड ४० लाख ५० हजार अनुमानित गरिएकोमा २ लाख ७३ हजार मात्रै संकलन गरेको छ ।
उपमहानगरले लक्ष्य भन्दा आधा पनि राजश्व संकलन गर्न नसक्नुमा उपमहानगरको व्यवस्थापन एवम कार्यान्वयनको पाटो कमरजोर भएको सरोकारवालाहरुले बताउदै आइरहेका छन ।
यस विषयमा जिज्ञासा राख्दा राजश्व परामर्श समितीकी अध्यक्ष एवम घोराही उपमहानगरपालिकाकी उपमेयर सीता न्यौपानले भने जति राजश्व नउठ्नुमा आफुहरुको व्यवस्थापन एवम कार्यान्वयन पक्ष कमजोर भएरै यस्तो भएको बताउछिन । यस्तै कर्मचारी व्यवस्थान राम्रोसँग गर्न नसक्दा पनि राजश्व संकलनमा समस्या देखिएको उनको भनाई छ । ‘जति राजश्व उठाउनुपर्ने हो, त्यति उठाउन सकेनौ ।’ उनले भनिन ‘यो हाम्रो पहिलो सिकाई हो ।

यसलाई आगामी बर्ष परिमार्जन गर्दै लैजानेछौ ।’ यस बर्ष उपमहानगरपालिकाले नीति निर्माणको काममा लागेको हुदा कार्यान्वयको पाटोलाई ससक्त बनाउन नसकेको उनको भनाई छ । आउदो बर्ष राजश्य बृद्धिको लागि आफुहरु सक्रिय भएर लाग्ने उनले बताईन । साथै यस बर्ष उपमहानगरमा जनशक्तिको अभावले पनि तोकिएकार विभिन्न शिर्षकका करहरु जस्तै घरबहाल कर, मनोरन्जन कर, पर्यटन कर लगायतका शिर्षकका केही करहरु उठ्न सकेका छैनन । यी र यस्ता विषयमा उठ्ने करलाई आगामी बर्षमा जोडदार रुपमा अनुगमसँगै कार्यान्वयनमा लैजाने उनले बताईन ।
यस्तै यस बिषयमा गरिएको जिजासामा उद्योग बाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले उपमहानरले तोकिएको कर उठाउन नसक्नु कार्यान्वयन पक्ष कमजोरी भएको बताउछन । उनका अनुसार उपमहानगरले कर छली गर्ने, दर्ता विना उद्योग व्यवसाय संचालन गर्नेहरुलाई दर्ता प्रक्रियामा ल्याउन नसक्नु उपमहानगरको कमजोरी भएको बताउछन । त्यस्तै जनमानसमा हामीले पनि कर तिर्नुपर्छ भन्ने सोचको विकास गर्ने खालको सचेतनाका कार्यक्रम पनि उपमहानगरले गर्न आवश्यक रहेको उनको भनाई छ । ‘अहिले बजारमा सबै भन्दा धेरै घर बहाल कर बुझाउनेहरुले ठगि गरिरहेका छन ।’ उनले भने ‘उनीहरुलाई पनि उपमहानगरले ससक्त रुपमा करको दायरामा ल्याउनुपर्छ ।’ कर छलिको लागि बजारमा हुने विभिन्न क्रियाकलापलाई रोक्न आफुहरुले पटक पटक बजार अनुगमन गरौ भन्दा पनि उपमहानरले त्यसलाई प्राथमिकतामा नराखेको उनको भनाई छ ।

अहिले बजार क्षेत्रमा धेरै जस्ता साना व्यवसायीहरु दर्ता विना संचालन भैरहेका छन । व्यवसायीहरुको बर्गिकरण विना नै कर उठाइएको छ । यसैको कारण उपमहानरले भने जति कर उठाउन नसकेको उनले बताए । साथै आधा पनि कर नउठ्नुलाई उपमहानगरले गम्भिर रुपमा लिएर अगाडी बढ्नुपर्ने उनले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१