आखाँको स्वास्थ्यका लागि जनप्रतिनिधिलाई ब्रिफिङ्ग
नेपाल नेत्र ज्योती संघ दाङ शाखाका सभापति कृष्णकुमार घिमिरेको अध्यक्ष, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथि र उप–प्रमुख देवका बेल्वासेको विशिष्ट आतिथिमा सम्पन्न कार्यक्रममा नगर प्रमुख केसीले आँखा प्रतिको महत्वलाई लिएर उपचारमा लमही अस्पतालले नगरवासिहरुको मन जित्न सफल भएको बताउनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख केसीले मानबको सबैभन्दा बढि संम्वेदनशिल अंग आँखा हो, यसको लागि लमही नगरपालिकाले गाउँ स्तरदेखि अन्धोपन निवारण गर्न आँखाका समस्या भएका बिरामीहरुलाई उपचारमा सहज पहुँच पु¥याउन र उपचारको लागी आवश्यक र अन्य सहयोग गर्न र लमही आँखा अस्पतालले सिङ्गो देउखुरीको विस्तार र विकासलाई आगाडि बढाएको कार्यक्रममा बताउनुभयो ।
लमही आँखा अस्पतालले दिर्घकालिन सम्म यस्तै र योभन्दा बढिसेवा पु¥याउनु पर्छ, यसको लागि लमही नगरपालिकाले लमही आँखा अस्पताललाई सबैभ साथ र सहयोगको बाटो खुल्ला रहेको बताउनुभयो । उक्त कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष नुमराज पौडेलले, वडा नम्बर २ का नेपालु चौधरी, वडा नम्बर ५ का वडा सदस्य जगनारायण चौधरी, ६ का वडा सदस्य कुल बहादुर बुढाल, ८ नम्बर का वडा अध्यक्ष मेघनारायण चौधरी, नेत्र बिशेषज्ञ सुरेश रसाईलि, कार्यपालिका सदस्य राधाकेसि, नेपाल नेत्रहिन सघ दाङका अध्यक्ष राम बहादुर खड्का रेडियो नया युगका समाचार सम्पादक दशरथ घिमिरे पत्रकार राधेश्याम गुप्ता लगाएतले बोल्नु भएको थियो ।
नेपाल नेत्र ज्योति संघ दाङका उप–सभापति रेशमबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लिला शाहले गर्नुभएको थियो



Leave a comment