ताजा अपडेट

सुझाव माग्दै गाउँ पसे साँसद चौधरी

          |   304 Views   |   Published Date : 21st June 2018 |

metmani chau (1)

दिवाकर पोख्रेल देउखुरी, असार । निर्वाचनको क्रममा जनतालाई दिएका सबै आश्वासन पूरा गर्ने सुझाव आवश्यक भएको भन्दै दाङ्ग क्षेत्र नम्बर १का प्रतिनिधीसभा सदस्य मेटमणि चौधरी सुझाव माग्दै गाउँ गाउँमा पुग्नु भएको छ । संघिय संसदमा बजेटले दाङ्गलाई विभेद गरेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएका साँसद चौधरी जनतालाई दिएको सबै आश्वासन पूरा गरेरै छाड्ने बताउनुभयो ।

विशेषगरी दाङ्गमा भूमि व्यवस्थापनको समस्या तर्फ स्थानीयले चासो राखेपछि संसद चौरधीले अब मुक्तकमैयाँ सुकुम्बासीहरुको समस्या हल भएरै छाड्ने बताउनुभयो । म यहाँहरुको सल्लाह सुझाव लिएर कसरी यहाँहरु बस्दै आइरहेको जमिन यहाँहरुकै नाममा बनाउन सकिन्छ भनेर योजना भइरहेको छ । चौधरीले भन्नुभयो । बर्तमान सरकार जनपक्षिय सरकार भएको भन्दै अब सुकुम्बासीलाई प्रहरीले बसेको ठाउँवाट नउठाउने बताउनुभयो ।

कानुन बनाएर भूमिहिनलाई जग्गा दिने विषयमा सासदहरु विच सहमति भइसकेकोले यसलाई आफूले नेतृत्व गर्ने उहाँको भनाइ थियो । स्थानीय जनताले अस्पतालमा औषधी अभाव हुंदा मेडिकल वाट किन्नु परेको,गुठीको जग्गा बस्दै आइरहेकाहरुलाई पटक पटक प्रहरी लगाएर उठाउने गरेको,सडक,विधुत सिचाइ नपुगेको समस्या सुनाएका थिए ।

निर्वाचनमा घरको छाना हटाउने आश्वासनलाई निर्वाचनको नारा मात्रै होला भनेका थियौ । सरकारले बजेटमै यो अभियान समेटेपछि खुःसी लागेको छ राजपुर ७ का भिम ओलीले भन्नुभयो । आफ्नो क्षेत्रवाट उठेको घरको छानो हटाउने अभियानले देशै भरी चर्चा पाउनु सकरात्मक पक्ष भएको भन्दै स्थानीयहरुले साँसद चौधरीलाई धन्यवाद दिएका थिए ।

साँसद चौधरीले अर्को पटक गाउँ आउँदा भूमि व्यवस्थापनको लागि कानुन बनाएर आउने भन्दै काम गरेपछि मात्रै फुलमाला लगाउन आग्रह गर्नुभयो । जनताले आफ्ना प्रतिनिधी माझ खुलेर आफ्ना समस्या राखेको र साँसद वाट पनि धेरै विषयवस्तुलाई गम्भिर रुपमा लिएकोले जनताको समस्या हल हुनेमा आफूहरु आसावादी रहेको नेकपाका नेता विक्रान्त शर्माले बताउनुभयो । साँसद चौधरी बुधबार लमही नगरपालिका वडा नम्बर नौ,चार र तीनमा जनतासंग रायसल्लह लिन पुग्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१