ताजा अपडेट

महराको सुझाब ः विपन्न गाउँबाट विकास थाल्नुस

          |   138 Views   |   Published Date : 21st June 2018 |

DSC_1678

घोराही, असार  । संघिय संसदका सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीहरुबाट विकास थाल्न सुझाब दिनुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख सहित जनप्रतिनिधीहरु सँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

विपन्न बस्तीहरुका साना साना योजनाहरुलाई प्राथमिकता दिन सभामुख महराले सुझाब दिनुभएको छ । अबको निति कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आबस्यक रहेको भन्दै उहाँले आम नगरबासीलाई विकासको अनुभुत हुने गरी काम गर्नु आग्रह गर्नुभयो ।

नगरले सक्ने योजनाहरुलाई आबस्यकतामा आधारीत ढंगले पूर्णता दिनुपर्ने र मझौला खालका योजनालाई प्रदेश र ठूलो योजनालाई केन्द्रिय सरकारले पूर्णता दिने उल्लेख गर्नुभयो ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभामा निर्वाचित सभामुख महराले अब जनताको जिवनस्तर उकास्ने शैलीबाट विकास गरिने समेत आश्वासन दिनुभयो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अन्तराष्ट्रिय मापदण्डको विमान स्थल निर्माण र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृयालाई सहज ढंगले अघि बढाउन आग्रह गर्नुभयो । त्यसैगरी, मुख्य सडक र नगर क्षेत्रका गाउँमा पर्ने खोलाहरुमा पुल निर्माण, रिहार देखी धर्ना सडकको ट्राक खोल्ने, चिडियाखाना निर्माण लगाएतका ठूला योजनालाई पूर्णता दिन ध्यानआकर्षण गराउनुभयो ।

सभामुख महरा स्थानिय सरकारले निती कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीको पूर्बसन्ध्यामा आफ्नो चुनावी क्षेत्रमा आउनुभएको हो । बुधबार नै महराले बंगालाचुली गाउँपालिकामा पुगेर जनप्रतिनिधी र स्थानियहरु सँग विकासका बारेमा छलफल गर्नुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१