ताजा अपडेट

केही महिनामा कानून निर्माण हुन्छन् ः सभामुख महरा

          |   159 Views   |   Published Date : 21st June 2018 |

35829009_2197723690242945_904344388245651456_n दाङ, ७ असार । संघीय संसदका सभामुख कृष्णबहादुर महराले अबको केही महिनामा एक सय बढी कानून निर्माण हुने बताएका छन । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै सभामुख महराले यस्तो बताएका हुन ।


संबिधानको मर्म अनुसार क्रियाकलाप भइरहेको भन्दै प्रदेश र स्थानीय सरकारले अब बन्ने कानूनको आधारमा बिधेयक तथा निर्देशिका निर्माण गरी जनताको भावना अनुसार काम गर्ने उनले बताए । हाल बजेटको छलफलमा ब्यस्त रहेको भन्दै दशै अगाडि नै सबै कानून निर्माण हुने उनको भनाई थियो ।


नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सरकारले ल्याएको बजेटले दाङलाई न्याय गरेको बताए । दाङलाई केन्द्रमा राखेर रारा जोड्ने, स्वर्गद्वारी जोड्ने काम गरेको उनले स्पष्ट पारे ।
यस्तै तुलसीपुरमा ईन्धन डिपो स्थापना गरी बिमानस्थल नियमित सञ्चालन तथा बैकल्पिक बिमानस्थलका रुपमा बिकास गर्ने सरकारको लक्ष्य रहेको बताए । तुलसीपुरमा रहेको बिमानस्थलको बिकल्प नखोजिएको स्पष्ट पार्दै नेपालगञ्ज र भैरहवाको बिकल्प खोजिएको बताए ।
यस्तै कार्यक्रममा नेकपाका सचेतक शान्ता चौधरीले बजेटले दाङलाई केन्द्रमा राखेको बताइन । बजेटमाथि गम्भिर छलफल चलीरहेको भन्दै दाङको बिकासका लागि संसदमा छलफल चलीरहेको बताइन ।
पत्रकार भेटघाट कार्यक्रममा प्रतिनीधिसभाका सांसद हिराचन्द्र केसीले जिल्लाका सबै सांसदको पहलमा जिल्लाको बिकासमा सामुहिक काम भइरहेको धारणा राखे । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण पत्रकार महासंघ दाङकाद सचिव भुपेन्द्रप्रकाश वलीले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१