ताजा अपडेट

तुलसिपुरको पहिचान स्थापित गर्न चालीस करोडमा तुलसि ट्रेड टावर, क्यु एफ एक्स,केबुलकारमा जोड

          |   686 Views   |   Published Date : 19th June 2018 |

t1

शरद रेग्मी दाङ, असार |तुलसिपुरको पहिचान स्थापित गर्न सुबिधा युक्त सात तल्ले तुलसि ट्रेड टावर निर्माण हुने भएको छ । तुलसिपुर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन नजिकै रहेको सब्जि मण्डि बसेको स्थानमा करिब चालीस करोडको लगानिमा क्यु.एफ.एक्स सिनेमाहल सहितको टववर निर्माणकार्य अगाडि बढाउन लागिएको बताएको छ ।


सोमबार विभिन्न सरोकार वाला सङग सुझाब सङकलनका लागि सहभागीले उधोगि,व्यापारी तथा ब्यबसायिहरु सङगको भेटमा नगर प्रमुख घनश्याम पाण्डेले निजि क्षेत्रको सहकार्यमा विभिन्न क्षेत्रमा काम अगाडि बढाउन उपमहानगरपालिका ईच्छुक रहेको समेत बताउनु भयो ।उहाले तुलसिपुरमा स्तरिय होटल,केबुलकार सञ्चालन ,सभाहल,खेल मैदान,रेष्टुरा,कलेज,स्तरीय बिधालयका साथै कृषि र उत्पादनमूलक काममा समेत हातेमालो गरेर अगाडि बढन सकिने बताउनु भयो ।


उहाले अचल पुजि लाई चलायमान बनाउदै बजार ब्यबस्थापन र प्रबर्दनमा उधोगपतिहरुले उपमहानगरपालिका सङग सहकार्य गर्दै अगाडि बढन समेत अपिल गर्नुभएको छ ।
जसका लागि उपमहानगरपालिकाले तुलसिपुरमा हुने रहेक साना तथा ठुला लगानिको सुरक्षा गर्न सुरक्षाकर्मी सङगको सहकार्यमा उचित पहल अगाडि बढाएको छ ।
तुलसिपुरलाई सिसि टिभिको सञ्जालले घेर्दै एयरपोर्ट ,हात्ती खौवा,गोदाम घर र दोघरे सम्म लाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाउने कार्य योजना मेयर पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।
सो अबसरमा तुलसिपुर उधोग बाणिज्य सङघले २७ बुदे सुझाब सहितको ध्यानाकर्षण पत्र समेत उपमहानगरपालिका लाई प्रस्तुत गरेको थियो ।
सङघका कार्यबाहक अध्यक्ष राम प्रसाद चालिसेले उपमहानगरपालिका सङग सहकार्य सहित केही सुधार तथा केही परिमार्जित सहित आफ्ना कामकाज चुस्त र दुरुस्त रुपमा अगाडि बढाउन सुझाव दिनुभएको थियोे । सो अबसरमा तत्काल तुलसिपुर बिमानस्थलको स्तरउन्नति,ईन्धन डिपो स्थापना,सभाहल निर्माणमा ,बजार तथा पार्किङ ब्यबस्थापन,तरकारी बजार र मासुमन्डि ब्यबस्थापन,तुलसिपुरलाई स्मार्ट सिटि बनाउनका लागि नियमित सरसफाइ तथा हराभरा ,बिकाश निर्माणमा हुने ढिला सुस्ति र गुणस्तरहिन काम गर्ने लाई कार्बा्हि गर्नु पर्ने लगायतका बुदाहरु समेटिएको महासचिव रुपबहादुर खत्री ले जानकारी दिनुभएको छ ।
सो अबसरमा सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले यसपटकको बजेट बिनियोजनमा सरकार र शिर्ष नेताहरुले दाङ लाई उपेक्षा गरेको बताउनु भयो ।उहाले दाङ राजधानी पनि हुन सकेन,राज्यले करोडौं खर्च गरिसकेको यएर्पाेट पनि स्तर बृद्दि हुनु पर्ने ठाउमा अझ बैकल्पिक ब्यबस्थापन गर्ने भनेको सुन्दा निकै दुख लागेको छ बस्नेतले भन्नु भयो ।
उहाले नेताहरुले जनतालाई सधैं झुक्याउने र गुम्राहमा राख्ने प्रबृदिको अन्तय हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा तुलसिपुर नगर बिकास समितिका अध्यक्ष यज्ञबहादुर केसि, राप्ती अञ्चल सार्वजनिक यातायात समितिका प्रेस सल्लाहकार शरद रेग्मी,नमस्ते राप्ती यातायात प्रालिका अध्यक्ष बामदेब खनाल,तुलसिपुर मिनिबस तथा माईक्रो समितिका अध्यक्ष पवन बुढाथोकी ,अम्बिकेश्वरि समितिका प्रसासनिक सचिब घनश्याम बस्नेत,लगायतले सुझाब सहितको मन्तब्य राखेका थिय ।
उपमहानगरपालिका ले बिगत एक साता देखि तुलसिपुरलाई नमुनाको र स्मार्ट सिटि बनाउनका लागि आफ्नो कार्ययोजना पुर्व विभिन्न सरोकारवाला सङगको भेटघाटलाई तिब्रताका साथ अगाडि बढाएको प्रेस सल्लाहकार बसन्त आचार्यले जानकारी दिनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१