अञ्चल अस्पतालमा ११ महिनामा १५ लाखको औषधी वितरण
यमकला भुसाल तुलसीपुर, असार | राप्ती अञ्चल अस्पताल तुलसीपुर बाट वितेको ११ महिनाको अवधिमा सेवाग्राहीले झण्डै साढे १५ लाख रकमको निशुल्क औषधी सेवा प्राप्त गरेका छन् । त्यो कुरा अस्पताल प्रशासलने जानकारी दिएको हो । अस्पताल प्रशासनका अनुसार चालु आर्थिक बर्षको गत साउनदेखि जेठ अन्तिम सम्ममा १५ लाख ४९ हजार ३ सय ९० रुपैंया बराबरको औषधी निशुल्क सर्वसाधारणको लािग वितरण गरिएको हो । त्यस्तो निशुल्क सेवा लिनेहरुमा अशक्त अपाङग, जेष्ठ नागरिक, अतिविपन्न र दिर्घरोगीका विरामीहरु रहेको अस्पतालका निमित्त प्रमुख सुरपरिटेन्डेण्ट डा. विनोद सिंहले जानकारी दिए । उनले राज्यले उनीहरुलाई दिदै आएको ७० प्रकारका विभिन्न निशुल्क औषधी अस्पतालले उपलब्ध गराउदै आएको बताए । डा.सिहंका अनुसार साउन महिनामा १ लाख ८ हजार ४ सय ३० रुपैंयाको निशुल्क औषधी वितरण गरिएको थियो भने भदौमा १ लाख ८३ हजार ३ सय १० रुपैयाको निशुल्क औषधी वितरण गरिएको थियो । त्यस्तै असोजमा १ लाख ८१ हजार ७५ रुपैया,कार्तिकमा १ लाख २२ हजार ५ सय ८० रुपैया,मसिरमा १ लाख १८ हजार ९ सय ७० रुपैया,पुसमा १ लाख ६७ हजार ८ सय ९५ रुपैया,माघमा १ लाख ५६ हजार ७ सय ३५ रुपैया, फागुनमा १ लाख ६० हजार रुपैयाको निशुल्क औषधी वितरण गरिएको थियो । त्यस्तै चैतमा १ लाख ६० हजार ६ सय ६० रुपैया,बैशाखमा ८९ हजार २ … Continue reading अञ्चल अस्पतालमा ११ महिनामा १५ लाखको औषधी वितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed