ताजा अपडेट

पार्टिलाई शसक्त बनाउन काग्रेसको छलफल

          |   79 Views   |   Published Date : 19th June 2018 |

दाङ , असार । नेपाली काग्रेस घोराही नगर समिति साविक २ नम्बर वार्ड एकाईले पार्टि सुदृढिकरणको बारेमा छलफल गरेको छ । छलफलका सहभागिहरुले पार्टि नेतृत्व भातृ तथा शुभेच्छुक सँगठनसँग समन्वय गरि एकताबद्ध रुपमा अगाडी बढन आबश्यक रहेको बताएका छन् । पार्टिले आफ्ना सम्यन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्न नसकेकै कारण जनमत भएर पनि पार्टि कम्जोर देखिएको भन्दै सहभागिहरुले नेतृत्व सबै किसिमका पूर्वाग्रह मुक्त भएर अगाडी बढन सक्नु पर्नेमा जोड दिएका थिए ।


कार्यक्रमका प्रमुख अथिति नेपाली काग्रेस दाङका पूर्व सभापती बिरकेशरी गौतमले स्थानिय, प्रदेश र सँघले चुनावले नेता देखी कार्यकर्ता सम्म सबैलाई सुध्रिने मौका दिएको भन्दै अहिलेको समयमा सबैलाई मिलाएर लैजान सक्नु पर्ने बताउनु भयो । उहाँले एक घर एक क्रियासिल सदस्यताको निती अँगिकार गर्नुपर्ने आबश्यकता औंल्याउदै अहिलेको अबस्थामा सशक्त प्रतिपक्षको भूमिका मिलेको काग्रेसले मात्रै गर्न सक्ने बताउनु भयो । यस्का लागी परिस्थितिले पनि पार्टिलाई दबाब दिइरहेको उहाँको भनाई थियो ।


एकाई सभापती निरज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य बालिका लम्सालले अन्य पार्टिसँगको प्रतिष्पर्धामा गुटगत राजनिति गर्न नहुने बताउनु भयो ।
कार्यक्रमा नेपाली काग्रेस क्षेत्र नम्बर ३ का सदस्य विरवहादुर खत्री, क्षेत्रिय प्रतिनिधि बासुदेव पन्त, घोराही नगर सल्लाहकार नारायण पोख्रेल, एकाई सल्लाहकार टँकवहदुर केसी, कोषाध्यक्ष गोबिन्द गोराथोकी, क्रियासिल सदस्य चेतनाथ ज्ञवाली लगायतले पार्टि सुदृढिकरणका सम्बन्धमा आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव सन्तोष सुवेदीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१