ताजा अपडेट

२० जना बालबालिकाहरुलाई जुता सहयोग

          |   97 Views   |   Published Date : 18th June 2018 |

तुलसीपुर, असार  । तुलसीपुर १८ बिजौरीमा रहको असहाय बाल बिकास नेपालले पालन पोषण गर्दै आएका बालबालिकाहरुलाई जुत्ता सहयोग गरिएको छ ।

साहारा बिहिन बनेका बालबालिकालाई शाहारा दिदै आएको असाहय बाल बिकास नेपालमा बस्दै आएका २० जना बालबालिकाहरुलाई जुता र मोजा सहयोग गरिएको हो । दाङ घर भई हाल साउथ कोरियामा रहेकी अम्बिका डाँगीको सहयोगमा बालबालिकाहरुलाई आईतबार जुत्ता हस्तान्तरण गरिएको हो ।

डाँगीले आउदा दिनमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् । डाँगीका आफन्त रमेश डाँगी, चन्दा डाँगी, ज्याति गुरुङ,जातक डाँगी, जातिका डाँगीले उक्त जुता हस्तान्तरण गरेका हुन् । साथै संस्थालाई सहयोग गरेको प्रति कोषाध्यक्ष सीमा वलीले धन्यवाद ब्यक्त गरिन् । आउदा दिन पनि असहाय बालबालिकाहरुको शिक्षा, दिक्षा, पालन, पोषणमा सहकार्य गरेर अघि बढ्ने बताईन् ।

सबैको सहयोगले नै सामाजिक कार्यमा हात हाल्ने प्रेरणा मिलेको अध्यक्ष बिष्णु चौधरीले बताए । चौधरीका अनुसार अहिले आमाबुवादेखि टाढा रहेर शाहारा बिहिन बनेकाहरुलाई पालन, पोषण, शिक्षा, दिक्षा दिईरहेको बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१