ताजा अपडेट

रक्षाचौरमा मगरहरको भूमे पर्वको समापन

          |   92 Views   |   Published Date : 18th June 2018 |

h

उदिराम चौधरी आषाढ , तुलसीपुर । मगर समुदायहरुको महान चाड भूमे पर्वको एक कार्यक्रमका बिच समापन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को रक्षाचौरमा कार्यक्रम समापन भएको हो ।

आषाढ १ गतेदेखि सुरु भएको भूमे नाच आज आइतबार रक्षाचौरमा समापन भएको छ भने अन्य स्थानहरुमा साताभर भूमिको पुजा गरी नाचगान गरेर मनाउने चलन रहेको छ । मगर समुदायको बहुल्यता भएको दाङ सहितरोल्पाको थबाङ तथा रुकुमको तकसेरालगायतका स्थानहरुमा भूमे नाच सुरु भएको छ । भूमी पर्वमा नाचिने भूमे नाच २२ तालमा नाचिने गरिन्छ । रक्षाचौरमा समापन भएको कार्यक्रमको आयोजना अठार मगरात खाम तथा संस्कृति विकास मञ्च तथा सहआयोजनामा नेपाल मगर संघ तुलसीपुर नगर समिति, अठार मगरात पञ्चेबाजा समूह र नेपाल मगर बौद्ध सेवा समाजले गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका वडाध्यक्ष बालकृष्ण राना (ध्रुव)को प्रमुख आतिथ्यता तथा गुरुप्रसाद घर्ती र चन्द्रज्योति बुढाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्नो धर्म, संस्कृति, परम्परालाई संरक्षण र संवद्र्धन गर्नमा जोड दिएका थिए । मगरहरुका े भाषा, धर्म, भेषभूषालाई पहिलो प्राथमिकता दिने र भाषा संस्कृतिमा कसैले पनि विभेद नगर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा दाङ, सल्यान, रुकुम, रोल्पा, अर्घाखाँची, गुल्मी सम्मका मगरहरुको सहभागिता रहेको थियो । भूमे नाचमा दान दक्षिणाको नाममा करिब २८ हजार रकम संकलन भएको कर्म कुमार बुढा मगरले जानकारी दिए ।

मगर समुदायहरुको ऐतिहासिक मानिने भूमे पर्वको समापन कार्यक्रमका सभापति देवबहादुर रोका मगरको सभापतित्व एवं बलिभद्र कुसारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा खाजाको समते व्यवस्था गरिएको थियो भने कार्यक्रमको सहजीकरण रामकुमार घर्तीमगरले गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१