ताजा अपडेट

पर्फमेन्स देखाउँन व्यस्त प्रेक्क्षाको जोडी

          |   163 Views   |   Published Date : 18th June 2018 |

35645604_2027296280921104_1313849642810605568_n

दाङ, असार । गीत संगीत क्षेत्रमा नव कलाकारहरुको पंक्तिमा पछिल्लो समयमा अत्यन्त व्यस्त गायीकाको नाम हो, प्रेक्क्षा कोइराला । हाल व्याचलरमा अध्ययनरत २१ वर्षीया प्रेक्क्षाको घर हेटौडा हो । तर चितवनमा कार्य क्षेत्र बनाएकी प्रेक्क्षा बाल्यकाल देखि नै गाउँने सवालमा अगाडी थिइँन ।

साथीसँगी अनि आफन्तहरुको अगाडी गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाउने प्रेक्क्षाले दशकक्षाको पढाईपछि यही क्षेत्रमा आफूलाई होम्ने सोँच अगाडी सारिन । करीव एकवर्ष इन्डियन क्लासिक म्यूजीक सिकेकी प्रेक्क्षाले स्थानीय व्याण्डमा समेत केही अबधि काम गरेकी थिइँन ।

गएको फागुणमा उनको भेट सुष्मा विश्वकर्मासँग भयो । सुष्मासँगको भेटले उनको जीवनमा नयाँ आयाम थप्यो । सुष्मा पनि गाउनुका साथै गिटार बजाउने सवालमा पनि अगाडी भएकीले उनीहरुले दुईजनाको समूह निर्माण गरेका छन् । यही वैशाख देखि प्रेक्क्षा र सुष्माको नाममा गायन क्षेत्रमा संयुक्तरुपमा काम गरिरहेका प्रेक्क्षा र सुष्मालाई यतिबेला स्टेज अनि अन्य कार्यक्रमहरुमा गीत गाउने सवालमा भ्याई नभ्याई छ ।

क्लव, साँगीतिक कार्यक्रम अनि ठूला होटलहरुमा दुबैजनाले संयुक्तरुपमा व्यवसायीकरुपमा कभर गीतहरु गिदाई रहेका उनीहरुले निकट भविष्यमै आफ्नो एल्वम निकाल्ने योजना बनाएका छन् । गीतसँगीतमै समर्पित हुने उद्देश्यले अगाडी बढेकी प्रेक्क्षा यस क्षेत्रमा थप केही कुरा सिक्ने उद्देश्यले म्यूजीक विषयमा नै थप अध्ययन गर्ने योजनामा छिन् । रक, पप अनि क्लासिक गीतहरु गाउँन रुचाउने प्रेकक्षाको समूहले चितवनमा मात्र नभएर काठमाडौं अनि अन्य शहरहरुमा समेत आफ्नो प्रस्तुतीहरु दिई सकेका छन् ।

बाबा राजु कोइराला र आमा सरला कोइरालाको कोखबाट जेठी छोरीकारुपमा जन्मिएकी प्रेक्क्षाका दुई भाईबहिनीहरु छन् । गीतसँगीत क्षेत्रमा समर्पित भएर नाम अनि दाम सबै कमाउने उद्देश्य लिएकी प्रेक्क्षाको मिठो स्वरका कारण उनको गीत सुन्ने हरकोही उनको फ्यान बन्ने गरेका छन् । कार्यक्रमहरुमा आफ्नो परफमेन्स देखाउन भ्याई नभ्याई भएपनि गीतसँगीत क्षेत्रमा अगाडी बढ्नका लागि अझै धेरै कुरा सिक्न बाँकी रहेको प्रेक्क्षाको भनाई छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१