ताजा अपडेट

रामसिंहको ‘जागिर पाको छु…’ बजारमा

          |   98 Views   |   Published Date : 17th June 2018 |

20180519_162814

 दाङ, असार  ।   करिव एक दशक देखि नेपाली संगीतमा मरिमेटेर लागेका तर सधै ओझेलमा रहेका गायक हुन् रामसिंह विश्वकर्मा । २०६६ सालको आसपासमा ‘रोल्पा होलेरी, बस्नै म सकिन तिम्लाई नहेरी...’ भन्ने बोलको लोकगीत पश्चिम नेपालमा निक्कै चर्चामा थियो । त्यो गीत गायक विश्वकर्माको पहिलो गीत थियो ।

पछिल्लो समय नेपाली लोकगीतको क्षेत्रमा उत्ताउला र भड्किला गीतहरुले बजार खाईरहेको समयमा विश्वकर्माले नेपाली मुलमर्म बोकका गीतहरु बजारमा ल्याईरहेका छन । उनले ल्याएका प्राय सबै जसो गीतहरुले बजारमा राम्रो माया पाईरहेको छन । तर गायक भने सधै ओझेलमा पर्ने गरेका छन् । रोल्पा होलेरी संगसंगै बजारमा आएको ‘सागरपनि सुक्ने रैछनी, आफन्तले चटक्कै छोडेसी मुटु त्यसै दुख्ने रैछनी …’ बोलको गीतले पनि स्रोताहरुको उत्तीकै माया पायो । यी दुवै गीतका सर्जकहरु हुन् रामसिंह विश्वकर्मा ।

दाङको घोराहीमा रहेको रेडियो स्वर्गद्धारीमा कुशल प्रस्तोताको रुपमा छवि निर्माण गर्दै आएका लोक गायक विश्वकर्मा देउराली दोहोरी साँझ घोराहीमा कार्यरत छन् भने न्यू नेशनल ट्रान्सपोर्ट घोराहीमा कार्यरत छन् । रोल्पा रुन्टीगढी गाउँपालिकामा जन्मिएका गायक विश्वकर्मा नेपाली सुगम संगीतको क्षेत्रमा पनि उत्तिकै चासो दिएका छन् । आफ्नो दोस्रो कृतिको रुपमा २०६७ सालमा ‘तिमीलाई हेरिरहनु…’ बोलको गीत बजारमा ल्याएका उनले गीत लेखनमा समेत राम्रो दख्खल राख्छन् । साथै विश्वकर्माले पुस्तक समेत प्रकाशन गरेका छन । उनले ‘नदेखिने चोटहरु’ गजल संग्रहको रुपमा २०६८ सालमा बजारमा ल्याएर साहित्यीक क्षेत्रमा पनि आफ्नो उपस्थिती देखाएका छन् ।
२०६९ सालमा बजारमा आएको अचेल फोन गर्नै छोड्यौ नी बोलको गीत पनि चर्चामा आयो । गायक तथा शब्द संकलक विश्वकर्माले बजारमा ल्याएका प्राय गीतहरुले राम्रो गीतको रुपमा छाप छोडेका छन । २०७२ सालमा तीजको गीत बजारमा ल्याएका विश्वकर्माले हालै अर्को लोकगीत बजारमा ल्याएका छन् ।

म्युजिक बैंक नेपालले बजारमा ल्याएको ‘जागिर पाको छु, तिम्रो चोखो मायामा म सानु पागल भाको छु…’ बोलको गीतको शब्द, लय पनि रामसिंहकै रहेको छ भने स्वरमा रामसिंहलाई देउखुरीकै तेजा विकले साथ दिएकी छिन् । युवायुवतीको मनोविज्ञानलाई समेटेर तयार पारिएको गीतले नेपाली युवाहरुको बेरोजगारी समस्यालाई पनि संकेत गर्न खोजेको गीत हो ।

बुवा मुमान विश्वकर्मा र आमा धनसरी विश्वकर्माको कोखबाट २०४७ साल फागुनमा जन्मिएका गायक विश्वकर्मा कान्छो छोरा हुन् । रझेना मावि घोराहीबाट एसएलसी पास गरेका विश्वकर्माले उच्च शिक्षा महेन्द्र बहुमुखी क्याम्पसबाट ग्रहण गरेका हुन् । ग्रामिण परिवेशमा हुर्किएका विश्वकर्मा सानै देखि नेपाली लोक संगीत प्रति रुचि राख्ने, गाउने गर्दा गर्दै उनि पनि संगीतलाई नै आंशिक रुपमा कर्मथलो बनाउँदै आएका छन् । आधा दर्जन बढि गीतहरु बजारमा ल्याएर चर्चा पाउन सफल उनका गीतहरु लोकगीत मन पराउने स्रोताहरुको माझमा विश्वकर्मा चर्चित छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१