ताजा अपडेट

बालबालिका तथा युवाहरुको मनोसामाजिक बुझेर काम गर्नुपर्ने : अध्यक्ष थापा

          |   344 Views   |   Published Date : 17th June 2018 |

35532609_2088705454677814_6882049715853066240_n

घोराही, ३ असार |  युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवावर्ग राज्यको अग्रसर स्रोत र परिवर्तनको बाहक शक्ति पनि हो । तर बाल्यकाल नै शारीरिक तथा मानसिक रुपमा अस्वस्थ भयो भने देशले स्वस्थ्य युवाहरु प्राप्त गर्न सक्दैन् त्यसैले योग्यतम युवाहरुको निर्माणका लागि बाल्यावस्थामै उचित कदम चाल्नु अहिलेको अत्यन्त आवश्यक्ता हो ।


२०६९सालमा दाङमा स्थापना भएको सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समुह नामक संस्थाले स्थानीय बालबालिका र युवाहरूको सहभागिता र अभियानमार्फत् जिल्लामा विद्यमान बालबालिका र युवाहरूका समस्याहरू लाई उजागर गर्ने उद्देश्यले सिमित स्रोत र साधनको प्रयोग गरी काम गर्दै आइरहेको छ ।

बालबालिका र युवामा सकारात्मक सोचको विकास गरी सामाजिक परिवर्तनमा सहभागी गराउँदै दायित्वबोध कर्तव्यनिष्ठ गराउनुका साथै, बालबालिका र युवामा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले संस्थाले बालबालिका र युवाका नीति, अधिकार, कर्तव्य, समाज रूपान्तरमा बालबालिका र युवाले खेल्न सक्ने भूमिका लगायत विषयमा विज्ञहरूको सहभागितामा विविध कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।युवावर्ग राज्यको अग्रसर स्रोत र परिवर्तनको संबाहक शक्ति पनि हो तर बाल्यकाल नै यदि शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएन भने युवाहरुमा त्यो स्वस्थता प्राप्त हुँदैन । त्यसैले योग्यतम युवाहरुको निर्माणका लागि बाल्यावस्थामै उचित कदम चाल्नु आज हरेकको आवश्यक्ता पनि हो ।
पछिल्लो समय समाजमा संस्कार,नैतिकता जस्ता कुराहरुको अभावले गर्दा नै समाजका अधिकांश बालबालिका तथा युवाहरु कुलतमा फस्ने गरेको तथा उचित मनोसामाजिक परार्मशको अभावका कारण मनोसामाजिक जस्ता समस्या वाट ग्रस्त हुन पुगेको तथ्यांक सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समुह नामक संस्था सँग रहेको संस्थाका अध्यक्ष किरण थापाले बताउनुभयो ।
बिश्व स्वास्थ्य संगठनका अनुसार,सन् २०३०सम्म मनोसामाजिक समस्याको बिकराल रुप देखिने अनुमान गरिएको हुदा उक्त समस्यालाई समाधान गर्नकालागी पनि आजदेखी नै बालबालिका तथा युवाहरुको मनोसामाजिक बुझेर काम गर्नुपर्ने भन्दै संस्थाले काम गर्दै आईरहेको संस्थाका अध्यक्ष थापाले बताउनुभयो ।
लगनशिल,मिहेनती जत्ति अधिकांश युवाजनशक्ति बिदेश पलायन हुनेमा दाङ प्रदेश नम्बर ५को रुपन्देहीपछिको दोश्रो जिल्लाको रुपमा रहेको बताएका संस्थाका अध्यक्ष थापाले बिद्यालयस्तर बाट नै बालबालिकाहरुलाई देश प्रतिको मोह,माया,आफनोपन,र सानो होस् या ठुलो काम काम नै हो भनेर बालमस्तीक बाट नै बुझाउन हरेक सभ्य नागरिकको दायित्व रहेको बताउनुभयो ।
पछिल्लो समय दाङमा मात्र पुर्नस्थापना केन्द्रको संख्यामा बृद्धि हुनुले पनि लागुपर्दाथ दुब्र्यसनि प्रयोग गर्ने युवाहरुको संख्या दाङमा पनि बढ्दैछ भन्ने संकेत गरेको बताउनुभएका थापाले करिब १सय जनामा ८५जनाले कुनै न कुनै रुपमा लागुपर्दाथ दुब्र्यसनिको प्रयोग गर्ने गरेको तथ्यांक आफुहरु सँग रहेको बताउनुभयो । यत्तिमात्र नभएर थापाले लागु औषध दुब्र्यसनिको लागी दाङ ब्यावसायीक केन्द्रको रुपमा बिस्तार हुन थालेको पनि बताउनुभयो । थापाका अनुसार,दाङ जिल्लामा पछिल्लो समय पुरुषमात्र नभयर लागुऔषध सहित महिला पनि पक्राउ परेको तथ्यांक जिल्ला प्रहरी कार्यालय दाङ मार्फत प्राप्त गरेको बताउनुभयो ।
सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समुह नामक संस्थामा अहिले ९जना युवाहरुले काम गर्दै आईरहेको बताउनुभएका थापाले बिभिन्न स्थानमा बालभेला युवाभेलाहरु,अपाङहरुका लागी थेरापी,बाढीपिडित,शितलहरले पिडित समुदायको लागी आर्थिक सक्दो सहयोग गर्ने गरेको पनि बताउनुभयो । यसरी सहयोग गर्नका लागी थापाले बिदेशमा रहेका साथिभाईहरु सँग पनि सहयोग माग्ने गरेको बताउनुभयो ।
समाजलाई आर्थिक तथा सामाजिक रुपमा पनि रुपान्तरण गर्नकालागी बालबालिका तथा युवाजमातलाई बिशेष शिक्षा दिक्षाका साथै सकारात्मक तथा रचनात्मक कुराहरु पनि सिकाउन आवश्यक रहेको बताउनुभएका थापाले देश संघियतामा आए सँगै अब स्थानिय सरकारले पनि बिशेष बालबालिकाहरुका लागी सहयोग गर्नुपर्ने खालका कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनुभयो । त्यसो त थापाले सामाजिक तथा आर्थिक रुपान्तरणका लागी युवा समुहले दिगो बिकासका लक्ष्यहरु प्राप्तिका लागी काम गदै आईरहेको र समाजलाई मानव मैत्री वनाउने समेत कार्ययोजना रहेको र उक्त कार्यलाई अगाडी बढाउदै लैजाने अध्यक्ष थापाले बताउनुभयो ।

आफुहरुले गर्न थालेको काममा यदि कसैले उत्साहका साथ र सहकार्य गरेर आफुहरुको काममा हातेमालो गर्न चाहन्छ भने आफुहरुले पनि मिलेरै काम गर्न सदैब तयार रहेको अध्यक्ष थापाले बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१