ताजा अपडेट

गित र कविता मार्फत सम्झे चुरेलाई ः विद्यार्थीहरु

          |   108 Views   |   Published Date : 17th June 2018 |

chure

शिवु खनाल देउखुरी,  अषाढ | चुरे दिवसका अवसरमा राजपुर गाउँपालिकामा शनिवार विविध कार्यक्रम गरि मनाइएको छ । चुरे संरक्षण हाम्रो कार्यभार, बनाउ यसलाई समृद्धिको आधार भन्ने मुल नाराको साथमा चरेलाइ कसरी संरक्षण गर्न सकिन्छ, हरियो वन नेपालीको धन, भन्ने भाषालाई संरक्षणको लागि र चुरेको स्तरउन्नितीको बारेमा व्यापक छलफल गरि चुरे दिवसका मानाइएको छ ।

राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख अतिथि, राजपुर गाउँपालिका ईलाका वन अधिकृत गंगदिका रामाज्ञप्रसाद शाहको विशिष्ट अतिथि, चुरे संरक्षण संजाल महतिनि नदिका अध्यक्ष निल सरोज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष चुरेलाई बचाउनु र जोगाउनु हाम्रो कर्तब्य मात्र नभई, दायित्व पनि रहेको बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष धनपति यादवले राजपुर गाउँपालिका वाट विभिन्न चुरे स्तरीय कार्यक्रम ल्याउने र ति कार्यक्रमको माध्यम वाट चरेको संरक्षण गर्ने बताउनु भयो । उक्त कार्यक्रममा राजपुर गाउँपालिका ईलाका वन अधिकृत गंगदिका रामाज्ञप्रसाद शाहले चुरै हामी संग गासिएको जिवन हो, चुरे हामीलाई निकै आवश्यक छ, चुरेलाई बचाउन सकिएन भने गाउँ शहरमा भोकमरी आउन सक्ने र चुरेलाई मासे अक्सिजनको कमी हुन्छ, कार्यक्रममा उपस्थित विद्यार्थीहरु लाई सजक गराउनु भयो ।

जिल्ला वन कार्यालय दाङ र ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पा को आयोजना र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति खुमलटार, ललितपुरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । राजपुर गाउँपालिकाका महिला स्वयमसेवकहरूको पनि सहभागी रहेको थियौ । उक्त कार्यक्रममा चुरे दिवसका अवसरमा राजपुर गाउँपालिकामा चुरे सम्बन्धि निवन्द प्रतियोगिता, कविता, लोकगित प्रतियोगिता कार्यक्रम गरि चुरे दिवस मनाइएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले कविता र गित मार्फत चुरे र नदितालको संरक्षण गरौ, हाम्रो चुरे राम्रो चुरे गित वाट प्रस्तुति गर्दै आ–आफ्नो धारणा राखेको थिए । कार्यक्रममा प्रथम, द्धितिय, तिथियलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको हो ।

उक्त कार्यक्रममा रेडियो नयाँ युग एफ.एमका स्टेशन ज्यानेजर दिवाकर पोख्रेल, लेखापाल उत्तम अधिकारी, । रेडियो देउखुरी एफ.एमका समाचार प्रमुख प्रिया स्मृती गजमेर र लमही नगरपालिकाका प्रेस संयोजक शिवु खनाल निर्णायक मण्डलमा रहनु भएको थियो । शिक्षक विष्णुबहादुर धामिको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण ग्रामिण आर्थिक विकास संघका कार्यक्रम संयोजक शिव न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रमको समापन चुरे संरक्षण संजाल महतिनि नदिका अध्यक्ष निल सरोज यादवले गर्नु भएको थियो ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१