हापुरे खानेपानीलाई कार्बाही गर्न अख्तियारमा सिफारिस

अर्जुन परियार हापुरे, असार  । हापुरे खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई कार्बाहीका लागी सिफरिस गरिएको छ । बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले आज समितीले भ्रष्टाचार गरेको भन्दै चिम्से कामीको नेतृत्वमा भएको अनुगमन समितीले ल्याएको प्रतिबेदनका आधारमा कार्बाहीकालागी सिफारिस गरिएको बताउनु भएको छ । समितीको गत बैषाख ५ गते सम्पन्न भएको साधारण सभामा आर्थिक बर्ष २०७२÷७३ र ०७३÷०७४ को आर्थिक प्रतिबेदन सार्बजनिक गर्दा भ्रष्टाचार भएको तथ्य बाहिर आएको थियो । लामो समयको छानबिन पछि खानेपानि समितीमा भ्रष्टाचार भएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय कोहलपुरमा छानबिन र कार्बाहीका लागी सिफारिस गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ । अख्तियारको कार्यालयमा समितीको आर्थिक प्रतिबेदन, अनुगमन समितीको प्रतिबेदन र कर्मचारीले कृते गरेको भौचर पनि पेस गरिएको बताइएको छ । उहाँले खानेपानी समितीलाई पक्राउ गर्न पनि प्रहरीलाई निर्देशन दिइएको बताउनु भएको छ । समिती लगाएत कर्मचारीले कृते गरेको भौचर सहित कार्बाहीको सिफरिस गरिएकाले सत्य तथ्य छानबिन सहित हिनामिना रकम असुल उपर हुनेमा आसंका नगर्न उपभोक्तालाई आग्रह समेत गर्नु भएको छ Facebook Comments