शहरी क्षेत्रका आधारभुत पूर्वाधार पू¥याउँदै लमही नगर विकास

दाङ ,असार १ । लमही नगरविकास समितिको ७५ विगाहा १५ कठ्ठा क्षेत्रफलको जग्गा अहिले न्युनतम भौतिक सुविधा पुगेको छ । जम्मा क्षेत्रफलको १२ विगाहा क्षेत्रफल सडक मध्ये सडकको ७५ प्रतिसत पिच भइसकेको छ । २० विगाहा क्षेत्रफलाई आवासीय क्षेत्रको रुपमा छुट्टाएको लमही नगरविकासले निर्धारण गरेको शर्त अनुसार घर बनिरहेका छन् । नगरविकास समीतिको यही क्षेत्रमा वर्ष पिच्छे नगरविकासले विभिन्न भौतिक पूर्वाधारका कामहरु गरिहेको छ । भने अन्य सरकारी तथा गैरसरकारी संस्थाको लागि भोकाधिकारको लागि जग्गा उपलव्ध गराएको छ । लमही बजार क्षेत्रलाई वितरण गर्ने लमही खानेपानी उपभोत्ता तथा सरसफाइ समीतिको कार्यालयलाई छ विगाहा जग्गा उपलव्ध गराएको नगरविकासले साना शहरी खानेपानी योजना सम्पन्न गर्न ऋण सहयोग समेत उपल्ध गराएको थियो । देउखुरी बहुमुखी क्याम्पस,विधुत प्राधिकरण,दूग्ध विकास संस्थान,उद्योग वाणिज्य संघ,,कृर्षि विकास बैंक वडा प्रहरी कार्यालय लगायतका कार्यालय नगरविकास समीतिको गरी २६ वटा संघसंस्था र सरकारी कार्यालयको लागि जग्गा प्लानिङ्ग क्षेत्रभित्र उपलव्ध गराइएको नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । १५ किलोमिटर सडक पिच भएको प्लानिङ्ग क्षेत्र नेपालकै नमूना प्लानिङ्ग क्षेत्रको रुपमा चिनिन्छ । नगरविकास क्षेत्रको प्नानिङ्ग क्षेत्रमा सात सय ३६ वटा विक्री भएकोमा हाल सम्म दुइ सय १० वटा घर बनिसकेका छन् । घर नबनाएकालाई घर बनाउन आग्रह गरेका छौ । जग्गा खाली जोड्ने भन्दा पनि यसलाइृ आसासिय क्षेत्रको रुपमा विकास गर्ने … Continue reading शहरी क्षेत्रका आधारभुत पूर्वाधार पू¥याउँदै लमही नगर विकास