दाङमा ट्राफिक प्रहरी कमहुँदा दुर्घटना बढ्यो , १८ किमि सडक एउटा ट्राफिकलाई

सन्तोष अधिकारी दाङ ,असार १ । दाङ घोराही मेनरोडको शहिदगेट चौकमा सवारी साधनको अत्याधिक चाप भएका कारण जिल्ला ट्राफिक प्रहरीले आईल्याण्ड वनाएर बस्ने गरेको थियो । तर अहिले बाटो मर्मत हुदै गरेकाकारण आईल्याण्ड हटाईएको छ भने ट्राफिक प्रहरी पनि बस्दैनन् । बजारका केही सडकहरु साँघुरा भएका कारण एकतर्फी सडक (वान वे) गराईएका पनि छन् तर त्यहाँपनि ट्राफिक प्रहरीको उपस्थीति भने छैन । साँघुरा सडकमा सवारीको चाप अत्यधिक हुदा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले नै वान वे गराएको थियो । ट्राफिक प्रहरीको उपस्थीति कमहुँदा नियम उल्ङंघन भईरहेको छ, भने दुर्घटनाको पनि जोखिम उत्तिकै बढेको छ । ट्राफिक प्रहरीको संख्या थोरै भएकाले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । २४ जना ट्राफिक प्रहरीको दरबन्दी भएको जिल्लामा घोराहीमा मात्रै १४ वटा प्रहरी युनिट छ । अहिले घोराहीका सवै प्रहरी युनिटमा १ जनाको ड्युटि निर्धारण गरीएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदनबहादुर कुँवरले जानकारी दिए । यति ठुलो जिल्लामा जम्मा २४ जना ट्राफिक प्रहरीको दरवन्दीले नपुग्ने भन्दै दाङ आएको केही दिनमै ७ जना ट्राफिक थप गरेको उनले बताए । “अझैपनि जिल्ला मा ट्राफिक प्रहरकिो संख्या न्युन छ त्यसैले प्रहरीका सवै युनिटहरुमा ट्राफिकको व्यवस्था गर्न नसकिएको हो” कुवरले भने । दाङमा मात्रै होईन अहिले समग्र प्रदेश नंबर … Continue reading दाङमा ट्राफिक प्रहरी कमहुँदा दुर्घटना बढ्यो , १८ किमि सडक एउटा ट्राफिकलाई