ताजा अपडेट

९७ जना कमलरीको उद्धार कहिले ? पुर्नस्थापना देखि परिचयपत्र प्राप्त गर्न मुक्त कमलरीलाई समस्या

          |   113 Views   |   Published Date : 15th June 2018 |

 

nn

नवीन अभिलाषी दाङ, असार १ ।  । दाङमा अहिले पनि २१ जना बालिकाहरु कमलरीको रुपमा जीवन बाच्न बाध्य भएका छन । त्यसमध्य ११ जना १६ वर्ष मुनीका बालिकाहरु रहेको अध्ययनले देखाएको छ । दाङ सहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिकाहरु कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेको मुक्त कमलरी विकास मञ्चले बताउछ ।

नेपाल सरकारले २०७० असार १३ गते कमलरी मुक्त राष्ट्रको घोषणा गरेको थियो । सरकारले राष्ट्रलाई नै कमलरी मुक्त घोषणा गरेपछि कमलरी प्रथाको भने अन्त्य हुन सकेको छैन । सरकारले कमलरी मुक्त राष्ट्र घोषणा गरेपश्चात पनि ६१ जना बालिकाहरु कमलरी बस्न सुरु गरेका छन् । जसमध्य दाङका ९ जना बालिकाहरु रहेका छन । कागजमा भएको घोषणालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि मुक्त कमलरीहरुले आफ्नो अभियानलाई जारी राखेका छन् । खाने, बस्ने, कपडा दिने र कसैलाई पढाई दिने बहानामा थारु समुदायका बालिकाहरुलाई घरमा कमलरीको रुपमा राख्ने क्रम अझै नरोकिएको मुक्त कमलरी उर्मिला चौधरीले बताउनुभयो ।

कमलरी बालिकाहरुको उद्धार तथा मुक्त भैसकेका कमलरीहरुको अधिकार लागि मुक्त कमलरी विकास मञ्चले बुधबार जिल्ला प्रशासन कार्यालय र भुमि सुधार कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । विभिन्न कारणले कमलरी बस्न बाध्य भएका बालिकाहरुको लागि उद्धार गर्ने परिपाटी मिलाउन प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसंग मुक्त कमलरी विकास मञ्चकी जिल्ला अध्यक्ष पुष्पा चौधरीले आग्रह गर्नुभयो । मुक्त कमलरी विकास मञ्चले कमलरी बसेका २१ जना बालिकाहरुको सम्पुर्ण विवरण प्रशासनमा बुझाएको छ । मञ्चका अनुसार समाजका प्रतिष्ठित ब्यक्तिहरुले नै बालिकाहरुलाई कमलरीहरुको रुपमा राख्ने गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विभिन्न सरोकारवाला निकायसंगको बैठक पछि उद्धारको काम हुने बताउनुभयो ।

यस्तै मञ्चले भुमि सुधार कार्यालयलाई सात बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । भुमि सुधार कार्यालयका प्रमुख मानबहादुर कुँवरलाई जिल्ला अध्यक्ष पुष्पा चौधरीले ध्यानाकर्षण पत्र पढेर सुनाउँदै बुझाउनु भएको हो । भुमि सुधार तथा व्यवस्था मन्त्रालयले स्वीकृत गरिसकेको मुक्त कमलरीहरुलाई अविलम्ब आउँदो भदौ महिना भित्र परिचय पत्र वितरण गर्न आग्रह गरीएको छ । दाङमा ५ सय २३ र बर्दियाका १ सय ५८ जना कमलरीहरुले मात्र परिचय पत्र पाएका छन । पाँच जिल्लाका १२ हजार ८ सय ६९ जना कमलरीहरु मध्य नेपाल सरकारले ९ हजार ४ सय ७५ जना कमलरीलाई मात्र स्वीकृत गरेको छ । जसमध्य दाङका ५ हजार १ सय ९७ कमलरी मध्य २ हजार ९ सय ४२ जनाको नाम मात्र स्वीकृत भएको छ ।

सरकारले स्वीकृत गरेका कमलरीहरुको परिचयपत्र अविलम्ब वितरण गर्न कमलरीहरुले माग गरेका छन । साथै स्वीकृत नभएको नामावली मन्त्रालयमा पठाउन र निर्देशन अनुसार परिचयपत्र वितरण गर्न आग्रह गरेका छन । साथै परिचय पत्र प्राप्त गर्नका लागि विधि, प्रक्रिया र आबस्यक कागजातहरु अन्यौलग्रस्त रहेकाले छिटोछरितो विधि र प्रक्रिया सञ्चालन गर्न पनि उनिहरुले आग्रह गरे ।

भुमि सुधार कार्यालयका प्रमुख मानबहादुर कँुवरले कार्यालयमा कर्मचारीहरुको अभाबका कारण सोच जस्तो काम गर्न नसकिएको बताउनुभयो । उहाले कार्यालयमा कर्मचारीहरु कम रहेको, कामको चाँप धेरै रहेको र बजेटको अभाबका कारणले समस्या रहेको बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१