ताजा अपडेट

हापुरे खानेपानीलाई कार्बाही गर्न अख्तियारमा सिफारिस

          |   96 Views   |   Published Date : 15th June 2018 |

अर्जुन परियार हापुरेअसार  । हापुरे खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई कार्बाहीका लागी सिफरिस गरिएको छ । बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले आज समितीले भ्रष्टाचार गरेको भन्दै चिम्से कामीको नेतृत्वमा भएको अनुगमन समितीले ल्याएको प्रतिबेदनका आधारमा कार्बाहीकालागी सिफारिस गरिएको बताउनु भएको छ ।

समितीको गत बैषाख ५ गते सम्पन्न भएको साधारण सभामा आर्थिक बर्ष २०७२÷७३ र ०७३÷०७४ को आर्थिक प्रतिबेदन सार्बजनिक गर्दा भ्रष्टाचार भएको तथ्य बाहिर आएको थियो । लामो समयको छानबिन पछि खानेपानि समितीमा भ्रष्टाचार भएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय कोहलपुरमा छानबिन र कार्बाहीका लागी सिफारिस गरिएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

अख्तियारको कार्यालयमा समितीको आर्थिक प्रतिबेदन, अनुगमन समितीको प्रतिबेदन र कर्मचारीले कृते गरेको भौचर पनि पेस गरिएको बताइएको छ । उहाँले खानेपानी समितीलाई पक्राउ गर्न पनि प्रहरीलाई निर्देशन दिइएको बताउनु भएको छ । समिती लगाएत कर्मचारीले कृते गरेको भौचर सहित कार्बाहीको सिफरिस गरिएकाले सत्य तथ्य छानबिन सहित हिनामिना रकम असुल उपर हुनेमा आसंका नगर्न उपभोक्तालाई आग्रह समेत गर्नु भएको छ

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१