ताजा अपडेट

शहरी क्षेत्रका आधारभुत पूर्वाधार पू¥याउँदै लमही नगर विकास

          |   174 Views   |   Published Date : 15th June 2018 |

Lamahinagar Bikash दाङ ,असार १ । लमही नगरविकास समितिको ७५ विगाहा १५ कठ्ठा क्षेत्रफलको जग्गा अहिले न्युनतम भौतिक सुविधा पुगेको छ । जम्मा क्षेत्रफलको १२ विगाहा क्षेत्रफल सडक मध्ये सडकको ७५ प्रतिसत पिच भइसकेको छ । २० विगाहा क्षेत्रफलाई आवासीय क्षेत्रको रुपमा छुट्टाएको लमही नगरविकासले निर्धारण गरेको शर्त अनुसार घर बनिरहेका छन् ।


नगरविकास समीतिको यही क्षेत्रमा वर्ष पिच्छे नगरविकासले विभिन्न भौतिक पूर्वाधारका कामहरु गरिहेको छ । भने अन्य सरकारी तथा गैरसरकारी संस्थाको लागि भोकाधिकारको लागि जग्गा उपलव्ध गराएको छ । लमही बजार क्षेत्रलाई वितरण गर्ने लमही खानेपानी उपभोत्ता तथा सरसफाइ समीतिको कार्यालयलाई छ विगाहा जग्गा उपलव्ध गराएको नगरविकासले साना शहरी खानेपानी योजना सम्पन्न गर्न ऋण सहयोग समेत उपल्ध गराएको थियो ।


देउखुरी बहुमुखी क्याम्पस,विधुत प्राधिकरण,दूग्ध विकास संस्थान,उद्योग वाणिज्य संघ,,कृर्षि विकास बैंक वडा प्रहरी कार्यालय लगायतका कार्यालय नगरविकास समीतिको गरी २६ वटा संघसंस्था र सरकारी कार्यालयको लागि जग्गा प्लानिङ्ग क्षेत्रभित्र उपलव्ध गराइएको नगरविकास समितिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । १५ किलोमिटर सडक पिच भएको प्लानिङ्ग क्षेत्र नेपालकै नमूना प्लानिङ्ग क्षेत्रको रुपमा चिनिन्छ । नगरविकास क्षेत्रको प्नानिङ्ग क्षेत्रमा सात सय ३६ वटा विक्री भएकोमा हाल सम्म दुइ सय १० वटा घर बनिसकेका छन् । घर नबनाएकालाई घर बनाउन आग्रह गरेका छौ ।

जग्गा खाली जोड्ने भन्दा पनि यसलाइृ आसासिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्य हो अध्यक्ष सुवेदीले भन्नुभयो ।
नगरविकास समीतिले लमही बजारलाई व्यवस्थित गर्ने कार्यमा पनि उत्तकै सहयोग पुराएको छ । वसपार्क निर्माण, डेव्ली तथा ठेला व्यवस्थापनको लागि सटर निर्माण गरि भाडामा उपलव्ध गराएको छ । यसो त करौडौको लातमा वहुउदेश्यिम भवन निर्माणधिन अवस्थामा रहेको छ । पहिलोचरणमा सात करोड ४५ लाखको लागतमा वहुउद्देश्यि व्यपारिक भवन निर्माण भइसकेको छ भने । लिप्ट सुविधा र सजावट सहित १२ करोड बराबर लागत निर्धारण गरिएको इन्जिनीयर तुलसीराम अर्यालेले जानकारी दिनुभएको छ । विधुत ,पानी टेलीफोन,सोलार बत्तीको सहित प्रायाप्त सुविधा रहेको लमही रातोडाँडा प्नानिङ्ग वाट धेरैको ध्यान खिच्ने गर्दछ ।
प्नानिङ क्षेत्रमा पूर्ण रुपमा यातायातको सुविधा व्यवस्था गर्ने, जग्गा उपलव्ध गराइएका संघसंस्थालाई कार्यालय भवन निर्माण गर्न आग्रह गर्ने र केहि क्षेत्रमा सडक पिच गर्ने लगायतको काम बाँकी रहेपनि रातोडाँडा प्लानिङ्ग क्षेत्रमा शहरी क्षेत्रमा हुने आधारभुत सुविधा उपलव्ध गराउन नगरविकास उद्धत रहेको समितिले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१