ताजा अपडेट

मौसम परिवर्तनसंगै भाईरलका विरामी बढे

          |   170 Views   |   Published Date : 15th June 2018 |

birami

यमकला भुसाल तुलसीपुर, असार । दाङमा मौसम परिवर्तन भएसगै रुघाखोकी, ज्वरो, टाइफाइड, निमुनिया र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखा परेको अस्पतालहरुले जनाएका छन ।

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । तुलसीपुरको तुलसी हस्पिटलमा भाइरल ज्वरो, झाडापखाला, जण्डिस, निमुनीया, टाफाइडजस्ता रोगका विरामीको सङ्या दोब्बरले बढेको डा. किसोर खत्रीले जानकारी दिए ।

“पहिले दिनमा ३० देखि ३५ जना सम्म भाइरलका विरामी आउने गर्दथे तर पछिल्लो समय यी रोगका विरामीहरु बढेर दोब्बर भएका छन,अहिले दिनमा ६० देखि ८० जना सम्म विरामीहरु आउने गरेका छन, डा.खत्रीले भने । उनले अधिकाशं बालबालिकाहरुमा रुघाखोकी,ज्वरो,निमोनिया, झाडापखाला जस्ता समस्या दे खिएको बताए ।

गर्मीसगैँ बढ्दै गइरहेको हावाहुरीका कारण स् वास् थ्यमा ध्यान नदिदा दिनानुदिन बिरामीको सङया बढ्दै गइरहेको उनले जानकारी दिए । अहिले देखिएको समस्या मौसमी भएको भन्दै डा. खत्रीले विषेश ख्याल राख्न आग्रह गरेका छन । उनले स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तुहरु खान,बजारहरुमा घाममा राखेको चिजहरु नखान र आराम गर्न सुझाव दिए ।

वर्षा पछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्यमा समस्या निम्त्याएको भन्दै डा. खत्रीले स्वास्थ्य जाँच गर्नमा खेलबाड नगर्न बिरामीलाई आग्रह समेत गरे । साथै जिल्लाका उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर, देउखुरीको लमही अस्पताल, स्वास्थ्य चौकी र गाउँ गाउँमा रहेका निजी क्लिनिकमा विशेषगरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१