ताजा अपडेट

मगर समुदायको भूमे पर्व सुरु

          |   1021 Views   |   Published Date : 15th June 2018 |

35384468_917277838457288_9172754253838548992_n

घोराही, १ असार । मगर समुदायको भूमे पर्व सुरु भएको छ । दाङ लगाएत सवै जसो मगरहरुको बाहुल्यतारहेको क्षेत्रमा पर्व विशेष महत्वका साथ मनाइदैँ छ ।

दाङमा पनि सुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी भूमे पर्व सुरु गरिएको छ । मगर समुदायको बाहुल्यता रहेको दाङ्ग सहित रोल्पाको थबाङ तथा रुकुमको तकसेरा लगायतका स्थानहरुमा भुमे पर्व मनाउन शुरु गरिएको हो । मगर समुदायले असारको पहिलो साताभर भूमिको पुजा गरी नाचगान गरेर यो पर्व मनाउने गरेका छन् ।

रोल्पा रुकुमबाट दाङ झरेका मगर समुदायले नेपाल मगर संघ दाङको संयोजनमा बल पूजा गरी भूमि पर्ब मनाउन सुरु गरेका छन् । हिउदे बाली भित्राइ सकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन र सबै फल राम्रो होस् भन्ने कामनाका साथ मगर समुदायमा असारे संक्रान्तिदेखि साताभर भुमि पूजा गर्ने चलन रहेको मगर समुदायका अगुवा तथा नेपाल मगर संघ दाङका अध्यक्ष सीतलाल पुनमगरले बताउनुभयो ।

भुमे पर्बलाई साँस्कृतिक जगेर्नाका रुपमा मनाउन थालिएको बताउँदै भूमि पूजाको अवसरमा देबतालाई बलि दिने, देवस्थानहरुमा गएर नाचगान गर्ने र थकाई मार्ने परम्परा रहिआएको उहाँको भनाई छ । यसैबिच नेपाल मगर संघ दाङको आयोजनामा घोराहीमा सुरु भएको भूमे महोत्सवमा मगर समुदायका महिला पुरुष तथा बालबालिका मगर पोषाकमा सजिएर नाचगान गर्न थालेका छन् ।

संघका अध्यक्ष सितलाल पुनमगरको अध्यक्षता तथा नेपाल मगर संघका प्रदेश नम्बर ५ का संयोजक धनबहादुर पुन मगरको बिशेष उपस्थितिमा कार्यक्रम भएको हो । संघका उपाध्यक्ष दिलकुमारी बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले मगर समुदायको संस्कृति र परम्परालाई बचाउन आफुहरु लागेको भन्दै स्थानिय सरकारलाई पनि जिम्मेवार बन्न आग्रह गरेका छन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी र १६ का अध्यक्ष लक्षिणप्रसाद बुढामगर वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीमगरले मगर समुदायको संस्कृति संरक्षणमा स्थानिय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पुर्खा देखि चलिआएको संस्कार सस्कृती तथा परम्परालाई जोगाउनका लागि भूमिका लेख्ने वताउनुभयो । यसको संरक्षणका लागि स्थानीयतहले बजेटको व्यवस्थापन गर्ने समेत वताउनुभयो ।

मगर समुदायले यो पर्बलाई नयाँ बर्षको रुपमा समेत मनाउने गरेका छन् । यस अवसरमा गाउँको अगुवा चुन्ने र विधि विधान बनाउने चलन समेत रही आएको छ ।

कार्यक्रममा नेपाल मगर संघ सेवा समितिका सदस्य बैनसरी बुढामगर, नमक्षु बौद्ध गुम्बा सदस्य कमला देउजा मगर, दिपक थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव डिल्ली घर्तीले गर्नुभएको थियो । भुमे पर्वमा टाढा टाढा गएका दाजुभाई समेत घरमा जम्मा भई रहमाईलो गर्ने परम्परा छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१