ताजा अपडेट

बिद्युत सुधार गर्न जनप्रतिनिधिको ध्यानाकर्षण

          |   55 Views   |   Published Date : 15th June 2018 |

  शरद रेग्मी दाङ  । दाङको तुलसिपुर क्षेत्रमा भैरहेको बिद्युत अनियमितताको तत्काल अन्त्य गर्नुपर्ने भन्दै विहिबार तुलसिपुर उधोग बाणिज्य सङघले तुलसिपुर उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

बिधुत कार्यालयको चरम लापरबाही र आन्तरिक लोडसेडिङले ब्यबसायी र आम जनताहरु आजित भैसकेको भन्दै बाणिज्य सङघले तत्काल सेवा सुधार गर्न पहल थाल्नका लागि भुमिका खेल्न समेत मेयर घनश्याम पाण्डेलाई अग्रह गरेका छन । तुलसिपुर उधोग बाणिज्य सङघका कार्यबाहक अध्यक्ष राम प्रसाद चालिसेको नेतृत्वमा उपमहानगरपालिका पुगेका उधोगी ब्यबसायीहरुको टोलिले माथिल्लो स्तरबाटै समस्याको समाधानका लागि भुमिका खेल्न समेत आग्रह गरेका थिय ।

सो अबसरमा सङघका सचिब बिनिल केसिले तत्काल बजार अनुगमन ,यश क्षेत्रमा रहेका सम्पूर्ण ब्यबसायिहरुको फर्म अनिवार्य दर्ताहुनु पर्ने र उपमहानगरपालिका र उधोग बाणिज्य सङघ बिच सहकार्य गरेर अगाडि बढनु पर्ने माग पेश गरेका थिय । ज्ञापनपत्र बुझिकेपछि मेयर पाण्डेले तत्कालै उर्जा मन्त्री बर्षमान पुन सङग फोन सम्पर्क गरि बिधुतका बिधमान समस्याको तत्काल समाधान हुनुपर्ने बताउनु भयो । मेयर पाण्डेले आफु पनि बिधुत कार्यलयको काम काजबाट सन्तुष्ट नभएको भन्दै अफिसियल रुपमा सुधारका लागि पहल थाल्ने बताउनु भयो ।

सो अबसरमा मेयर पाण्डेले तुलसिपुर उधोग बाणिज्य सङघ र उपमहानगरपालिका बिचको सहकार्य बाट मात्रै हरेक सामाजिक बिकास र उत्तरदायीत्वले सार्थकता पाउने भन्दै आफु सहकार्य गर्न तयार रहेको प्रष्ट पार्नु भयो ।यस अघि बिधुत कार्यालय तुलसिपुरमा बाणिज्य सङघले एकहप्ताको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाईसकेको छ सङघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१