ताजा अपडेट

दाङमा ट्राफिक प्रहरी कमहुँदा दुर्घटना बढ्यो , १८ किमि सडक एउटा ट्राफिकलाई

          |   713 Views   |   Published Date : 15th June 2018 |

35389731_1759284627496188_581852984959303680_n

सन्तोष अधिकारी दाङ ,असार १ । दाङ घोराही मेनरोडको शहिदगेट चौकमा सवारी साधनको अत्याधिक चाप भएका कारण जिल्ला ट्राफिक प्रहरीले आईल्याण्ड वनाएर बस्ने गरेको थियो । तर अहिले बाटो मर्मत हुदै गरेकाकारण आईल्याण्ड हटाईएको छ भने ट्राफिक प्रहरी पनि बस्दैनन् ।

बजारका केही सडकहरु साँघुरा भएका कारण एकतर्फी सडक (वान वे) गराईएका पनि छन् तर त्यहाँपनि ट्राफिक प्रहरीको उपस्थीति भने छैन । साँघुरा सडकमा सवारीको चाप अत्यधिक हुदा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले नै वान वे गराएको थियो ।


ट्राफिक प्रहरीको उपस्थीति कमहुँदा नियम उल्ङंघन भईरहेको छ, भने दुर्घटनाको पनि जोखिम उत्तिकै बढेको छ । ट्राफिक प्रहरीको संख्या थोरै भएकाले यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । २४ जना ट्राफिक प्रहरीको दरबन्दी भएको जिल्लामा घोराहीमा मात्रै १४ वटा प्रहरी युनिट छ । अहिले घोराहीका सवै प्रहरी युनिटमा १ जनाको ड्युटि निर्धारण गरीएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदनबहादुर कुँवरले जानकारी दिए । यति ठुलो जिल्लामा जम्मा २४ जना ट्राफिक प्रहरीको दरवन्दीले नपुग्ने भन्दै दाङ आएको केही दिनमै ७ जना ट्राफिक थप गरेको उनले बताए । “अझैपनि जिल्ला मा ट्राफिक प्रहरकिो संख्या न्युन छ त्यसैले प्रहरीका सवै युनिटहरुमा ट्राफिकको व्यवस्था गर्न नसकिएको हो” कुवरले भने ।
दाङमा मात्रै होईन अहिले समग्र प्रदेश नंबर ५ मा नै ट्राफिक प्रहरीको संख्या कम छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको प्रदेश नंबर ५ का प्रहरी अतिरिक्त महानिरिक्षक शेर बहादुर बस्नेतले जानकारी दिए । प्रहरी नायब निरिक्षक भुवनेश्वर तिवारीका अनुसार प्रदेश नंबर ५ मा आठ हजार दुई किलोमिटर सडक छ । सोही सडकमा एक लाख ९९ हजार २ सय ६४ सवारी साधनहरु चलिरहेका छन् । डिएसपी तिवारीका अनुसार उक्त सडकमा चार सय ४९ जना ट्राफिक प्रहरीले मात्रै काम चलाईरहेका छन् । एउटा ट्राफिक बराबर १७ दशमलव ८२ किलोमिटर सडक हेर्नुपर्ने बाध्यता छ भने ४ सय ४४ सवारी साधनको निगरानी गर्नुपर्ने बाध्यता रहेको उनले बताए । जसले गर्दा सवारी दुर्घटना बढि रहेको उनले बताए ।

उनका अनुसार प्रदेश नंबर ५ मा आर्थिक बर्ष २०७२÷०७३ मा ८ सय १ वटा सवारी दुर्घटना भएका छन् भने ५ सय २८ जनाको मृत्यु भएको छ । त्यसमा ७ सय ४४ जना गम्भीर घाईते र ६ सय २७ जना सामान्य घाईते भएका थिए । त्यस्तै २०७३÷०७४ मा ७ सय ५० वटा सवारी दुर्घटना भएका छन् । जसबाट ५ सय ४२ जनाको मृत्यु भएको छ भने ६ सय ८० जना गम्भीर घाईते र ४ सय ३२ जनालाई सामान्य चोटपटक लागेको थियो । त्यस्तै चालुआर्थिक बर्षको अहिले सम्म ७ सय २७ सवारी दुर्घटना भएका छन् । जसबाट ४ सय ८० को मृत्यु भएको छ भने ४ सय १९ जना गम्भीर घाईते भएकाछन् ।
यो तिन वर्षको अनुपात हेर्दा दैनिक १ दशमलव ४६ जना दरले मृत्यु हुने गरेको डिएसपी तिवारीले बताए । उनका अनुसार सबै भन्दा बढि दिउसो १२ बजे देखी बेलुकी ६ बजे सम्म बढि सवारी दुर्घटना हुने गरेको छ । साथै तीब्र गति, ओभरलोड, मापसे गरेर सवारी चलाउनु, जीर्ण सडक, साघुरो सडक, हेडलाईड नबाल्ने, सडकमा निर्माण सामग्री राख्नु, पैदल यात्रुको लापरबाही, जेब्रा क्रसिङको समस्या, सडकमा प्रतिक्षालय नहुनु, सवारीको अबस्था जाँच नगर्नु, झुण्डिएर यात्रा गर्नेजस्ता कारणले सवारी दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कुँवरको भनाई छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१